मन्त्री श्रेष्ठद्वारा लैङ्गिक परीक्षण कार्यविधि स्वीकृत
शुक्रबार, २६ मङ्सिर २०८२, १७ : १३
काठमाडौँ । नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले शुक्रबार पदभार ग्रहण गरेकी छन्। शीतल निवासमा सपथग्रहणपछि उनी सिंहदरबारस्थित मन्त्रालय पुगेर पदभार ग्रहण गरेकी हुन्।
मन्त्रालयमा कर्मचारीहरूले उनलाई स्वागत गरेका थिए। पदभार ग्रहणका क्रममा मन्त्री श्रेष्ठले राष्ट्रिय लैङ्गिक परीक्षण कार्यविधि २०८२ स्वीकृत गरेकी छन्।
उनले सार्वजनिक निकायका नीति, कार्यक्रम, संरचना, निर्णय प्रक्रिया तथा कार्यवातावरणलाई लैङ्गिक दृष्टिले परीक्षण गरी लैङ्गिक उत्तरदायी शासन प्रणाली प्रवर्द्धन गर्ने उद्देश्यका साथ यो कार्यविधि स्वीकृत गरिएको जानकारी दिएकी छन्।
मन्त्री श्रेष्ठ यसअघि नेपाल पर्यटन बोर्डको वरिष्ठ प्रबन्धक पदमा कार्यरत थिइन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण