विरोध भएपछि विधान संशोधनबाट पछि हटे ओली
काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठकमा एजेन्डाका रूपमा राखिएको विधान संशोधन प्रस्ताव अस्वीकृत भएको छ । नेतृत्व चयनका लागि शनिबारबाट सुरु हुन लागेको एमालेको ११ औँ महाधिवेशनको अघिल्लो दिन बसेको सचिवालय बैठकमा विधान संशोधन प्रस्ताव बैठकमा एजेन्डाका रूपमा आए पनि अस्वीकृत भएको एक सचिवालय सदस्यले जानकारी दिए ।
‘बैठकको एजेन्डामा विधान संशोधन प्रस्ताव पनि थियो तर धेरैजसो सचिवालय सदस्यले विधान संशोधन नगरौँ भन्ने राय व्यक्त भयो’, ती सचिवालय सदस्यले भने, ‘धेरैजसो सचिवालय सदस्य विपक्षमा उभिएपछि प्रस्ताव अघि बढेन ।’
अध्यक्ष केपी शर्मा ओलीले विधान संशोधन प्रस्ताव पास गराएर भदौ महिनामा मात्र संशोधन भएको पार्टी विधान परिवर्तन गर्न चाहेका थिए । ‘तीन महिनामै विधान संशोधन गर्न उचित हुँदैन’, बैठकमा धेरै सचिवालय सदस्यले भनेका थिए । त्यसपछि अध्यक्ष ओली संशोधन प्रस्तावबाट पछि हट्न बाध्य भएको स्रोतको भनाइ छ ।
त्यस्तै अध्यक्ष ओलीले दुई उपाध्यक्ष र दुई सचिव थप्ने प्रस्ताव गरेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण