आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ओसियानाबाट मनोनित भएकाहरूलाई अध्यक्ष श्रेष्ठको बधाई

शुक्रबार, २६ मङ्सिर २०८२, २२ : २७
शुक्रबार, २६ मङ्सिर २०८२

काठमाडौँ । गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आईसीसी) का अध्यक्ष महेश श्रेष्ठले ओशियानाबाट मनोनित भएका पदाधिकारी, आईसीसी सदस्य एवम् मानार्थ सदस्यहरूलाई बधाई ज्ञापन गरेका छन् ।

मनोनीत भएका व्यक्तिहरूबिच भएको कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अध्यक्ष एवम् एनआरएनए एकता स्टेरिङ कमिटीका संयोजक श्रेष्ठले जिम्मेवारीपूर्वक एनआरएनएको एकतामा सहयोग पुर्‍याउन आग्रह गरे ।

लामो समयदेखि बिथोलिएको एनआरएनए अब एकताको बाटोमा अघि बढेको र यो एकताबाट बाहिरिन कसैलाई पनि छुट नहुने भन्दै गैर आवासीय नेपालीहरूको माग सम्बोधनका लागि पनि सबै एक ठाउँमा उभिनु पर्नेमा जोड दिए ।

एनसीसीहरुका एकताको बारेमा पनि स्टेरिड कमिटीले अवधारण बनाएर कार्य अघि बढाउने संघका प्रवक्ता एवम् एकता अधिवेशन स्टेरिड कमिटीका सदस्य गंगाधर गौतमले बताए । गौतमले मनोनित  सबैलाई बधाई ज्ञापन गर्दै संघको कार्यमा सहयोग गर्न अपिल गरे ।

गैरआवसीय नेपाली सङ्घ आईसीसीका सल्लाहकार कृष्ण गिरीले मनोनित सबैलाई बधाई दिँदै संस्थामा लामो समयदेखि बिभिन्न भूमिकाबाट सहयोग गरिरहेका साथीहरूलाई मनोनित गरी कार्य गर्ने अवसर दिएकोमा एनआरएनए आईसीसीलाई आभार प्रकट गरेका थिए ।

परिचयात्मक कार्यक्रमको सहजीकरण सल्लाहकार गिरीले गरेका थिए भने उपस्थित सबैले संघका वर्तमान आवस्था, अवसर र चुनौतिका बारेमा विचार राखेका थिए  ।

गैरआवासीय नेपाली सङ्घ, अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आईसीसी) का अध्यक्ष महेश श्रेष्ठको अध्यक्षतामा २ नोभेम्बर २०२५मा बसेको बैठकले ओसेनियाबाट  यी अभियन्ताहरूलाई मनोनित  गरेको थियो ।

आईसीसी सदस्य प्रेम (पदमलाला) सापकोटा, मानार्थ सदस्यहरुः दिलिप पोखरेल, राजकुमार अधिकारी, राजन ढुङ्गेल, असीम गौतम, रमेश छल्कुल्ली, सरोज पाण्डे, राजीव नरसिंह केसी, हिरा गिरी, सुरेश गुरुङ, शेषमनि शर्मा, बुद्धिसागर घिमिरे, ओसेनिया महिला संयोजक मनिषा अर्याल उप्रेती, महिला उपसंयोजक गोपसोना पाडेल, युवा संयोजक विशाल पोखरेल र उपसंयोजक प्रेमप्रकाश धामी (प्रमेज) रहेका छन् ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप