विमलेन्द्र निधि धनुषा-३ बाट सर्वसम्मत सिफारिस
शुक्रबार, २६ मङ्सिर २०८२, २२ : ४०
सारांश
- नेपाली कांग्रेसले धनुषा क्षेत्र नम्बर ३ बाट विमलेन्द्र निधिलाई सिफारिस गरेको छ।
- कांग्रेसले आगामी फागुन २१ गते हुने निर्वाचनमा निधिलाई मुख्य उम्मेदवार बनाउने संकेत गरेको छ।
- पार्टीले समानुपातिकतर्फ प्रफुल्ल घिमिरे, ललन चौधरी र उर्मिला यादवको नाम सिफारिस गरेको छ।
धनुषा । नेपाली कांग्रेसले धनुषा क्षेत्र नम्बर ३ का लागि पूर्वउपसभापति विमलेन्द्र निधिको नाम सिफारिस गरेको छ । शुक्रबार सो पार्टीले निधिको नाम सिफारिस गरेको हो ।
साथै सो पार्टीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उनी नै पार्टीको मुख्य उम्मेदवार हुने सङ्केत गरेको छ।
निधि २०७९ सालको प्रतिनिधिसभा चुनावमा समानुपातिकतर्फ सांसद बनेका थिए। यसपटक भने निर्वाचन क्षेत्रमै प्रतिस्पर्धा गराउने कांग्रेसको निर्णयलाई स्थानीय स्तरमा पनि व्यापक समर्थन गरेको बताइएको छ।
यसैबिच, समानुपातिकतर्फ पनि पार्टीले तीन जनाको नाम सिफारिस गरेको छ। प्रफुल्ल घिमिरे, ललन चौधरी र उर्मिला यादवलाई प्रतिनिधि सभा समानुपातिकको सूचीमा सिफारिस गरिएको पार्टी स्रोतले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण