उपाधिका लागि भिड्दै लुम्बिनी र सुदूरपश्चिम
सारांश
- शनिबार नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम प्रदेश भिड्दै छन्।
- सुदूरपश्चिमले पहिलो उपाधि जित्ने लक्ष्य राखेको छ, र उसको टोली उत्कृष्ट लयमा देखिएको छ।
- लुम्बिनीले लगातार ५ खेल जितेर फाइनलमा स्थान बनाएको छ, र एनपीएलले नयाँ च्याम्पियन पाउने निश्चित छ।
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनल खेलमा आज (शनिबार) लुम्बिनी लायन्स र सुदूरपश्चिम प्रदेशले प्रतिस्पर्धा गर्दैछन् । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुने दुई टोलीबिचको खेल दिउँसो ३ः३० बजे हुनेछ ।
प्रतियोगितामा लगातार दोस्रो पटक फाइनलमा खेल्दै गरेको सुदूरपश्चिम रोयल्स पहिलो उपाधि जित्ने लक्ष्यमा छ । सुदूरपश्चिम गत सिजन जनकपुर बोल्टस्सँग पराजित हुँदै उपाधि चुम्नबाट चुकेको थियो ।
यो सिजन पनि फरक लयमा रहेको सुदूरपश्चिम उपाधि जित्दै समर्थकहरूलाई खुसी बनाउने योजनामा रहेको छ । दीपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम हालसम्म प्रतियोगितामा आठ खेल खेल्दै एक खेलमा मात्रै पराजित भएको छ । सुदूरपश्चिम विराटनगर किङ्ससँग मात्र पराजित भएको छ । लिग चरणमा विराटनगर किङ्ससँग पराजित भएको सुदूरपश्चिम क्वालिफायर १ मा विराटनगरलाई नै हराउँदै फाइनल प्रवेश गरेको थियो ।
यता रोहित कुमार पौडेलको कप्तानीमा रहेको लुम्बिनी लायन्स प्रतियोगिताको लिग चरणमा भएका सात खेलमध्ये तीन खेलमा पराजित हुन पुगेको थियो । प्रतियोगिताको लिग चरणमा चार खेलबाट ८ अङ्क जोडेर प्लेअफमा स्थान बनाएको लुम्बिनीले इलिमिनेटरमा काठमाडौँ गोरखाजलाई हराउँदै प्रतियोगिताको दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो ।
दोस्रो क्वालिफायर खेलमा विराटनगरलाई पराजित गर्दै लुम्बिनीले सुदूरपश्चिमसँगको फाइनल यात्रा तय गरेको थियो । लगातार पाँच खेलमा जित निकाल्दै फाइनलमा स्थान बनाएको लुम्बिनी आजको खेलमा भने निकै बलियो देखिने अपेक्षा गरिएको छ ।
गत सिजन अंकतालिकाको पुछारमा रहेर सिजन सकाएको लुम्बिनीले यो सिजन भने फाइनलमा स्थान बनाएसँगै नेपाल प्रिमियर लिग एनपीएलले नयाँ च्याम्पियन पाउने पक्का भएको छ ।
रोयल्समा प्रभाव पार्न सक्ने खेलाडी
सुदूरपश्चिम रोयल्समा बलर अभिनाश बोहरा प्रभाव पार्न सक्ने खेलाडीका रूपमा रहेका छन् । जुन उनको हालसम्मको प्रदर्शनले देखाएको छ । जारी सिजनमा भएका आठ खेलमा उनले १६ विकेट लिँदै सबैभन्दा बढी विकेट लिनेको दोस्रो नम्बरमा छन् । उनलाई खास गरेर ‘डेथ ओभर स्पेसलिस्ट’ भनेर चिनिन्छ ।
विदेशी खेलाडी हर्मित सिंह रोयल्सका लागि लयमा देखिएका खेलाडी हुन् । अलराउन्डर खेलाडी सिंहले हालसम्म १२ विकेट लिएका छन् । उनी उत्कृष्ट बलरको छैटौँ नम्बरमा छन् । उनले ब्याटिङबाट एक अर्धशतकसहित १२३ रन जोडिसकेका छन् । एक खेलमा उत्कृष्ट खेलाडीसमेत भए ।
रोयल्सलाई फाइनल पुर्याउन ओपनर ब्याटर विनोद भण्डारीको भूमिका महत्वपूर्ण छ । उनी सर्वाधिक रनकर्ता सूचीमा दोस्रो नम्बरमा छन् । भण्डारीले आठ खेलबाट २६४ रन बनाएका छन् । जसमा दुई अर्धशतक रहेका छन् । उनी यो संस्करणमा दुई पटक प्लेयर अफ द म्याचसमेत भएका छन् ।
कप्तान ऐरी प्रभाव पार्न सक्ने खेलाडी हुन् । उनी सबै पक्षबाट अब्बल मानिन्छन् । उनले हालसम्म बलिङमा आठ विकेट र ब्याटिङमा १४९ रन जोडिसकेका छन् ।
एउटा खेलमा प्लेयर अफ द म्याचसमेत घोषित भए । स्कट कुग्गेलेइजनप नि बलिङबाट राम्रो प्रभाव पार्न सक्छन् । ओपनर बलरको भूमिकामा रहेको उनले हालसम्म १० विकेट हात पारेका छन् ।
लायन्सका प्रभाव पार्न सक्ने खेलाडी
कप्तान पौडेल लुम्बिनीका लागि सबैभन्दा लयमा देखिएका छन् । उनले ब्याट बल दुवै क्षेत्रबाट राम्रो गरेका छन् । उनी सर्वाधिक रनकर्ताको सूचीमा तेस्रो नम्बरमा छन् । उनले नौ खेलबाट २६० रन जोडेका छन् । उनी दुई खेलमा प्लेयर अफ द म्याच समेत चुनिएका हुन् ।
सर्वाधिक रनकर्ताको पाँचौँ नम्बरमा रहेका लुम्बिनीका विदेशी खेलाडी डार्सी सर्ट लयमा रहेका छन् । उनले नौ खेलबाट २४२ रन जोडेका छन् । जसमा एउटा अर्धशतक पनि छ ।
युवा बलर शेर मल्लले पछिल्लो समय उत्कृष्ट प्रदर्शन गर्दै लुम्बिनीलाई फाइनल पुर्याउन महत्त्वपूर्ण योगदान गरेका छन् । सर्वाधिक विकेटकर्ताको तेस्रो नम्बरमा रहेका उनले नौ खेलबाट १४ विकेट चट्काएका छन् । उनी दुई खेलमा म्याच वीनर बन्दै प्लेयर अफ द म्याचसमेत चुनिए ।
उत्कृष्ट बलरको छैटौँ नम्बरमा रहेका रुबेल ट्रम्पेलम्यान नौ खेलबाट १२ विकेट हात पारेका छन् । उनले राम्रो प्रदर्शन गर्दै आएका छन् । उनले ब्याटबाट ६५ रन हिर्काएका छन् ।
नेपाल क्रिकेट सङ्घ क्यानको आयोजनामा यही मङ्सिर १ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोली सहभागी थिए । एपिएलको विजेताले रु एक करोड १० लाख पुरस्कार प्राप्त गर्नेछन् भने दोस्रो हुने टोलीले रु ५१ लाख, तेस्रो टोलीले रु २५ लाख र चौथोले रु १५ लाख प्राप्त गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण