एमाले महाधिवेशनस्थल सल्लाघारी पुगे ओलीसहितका शीर्ष नेता
काठमाडौँ । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटनस्थल भक्तपुरको सल्लाघारीमा केपी शर्मा ओली लगायतका शीर्ष नेता पुगेका छन् ।
भक्तपुरको तीनकुनेस्थित नेपाल ट्रस्टको मैदानमा भइरहेको उद्घाटन समारोह केहीबेरमा हुनेछ ।
महाधिवेशनस्थलमा ठूला–ठूला र्यालीहरू पुग्ने क्रम जारी छ ।
महाधिवेशन उद्घाटनस्थलमै सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उपमहासचिव ज्ञवालीले पश्चिमतर्फबाट थप ठूला र्यालीहरू आउँदै रहेकाले सहभागीको संख्या अझ बढ्ने उल्लेख गरे । ‘पश्चिमपट्टिबाट ठूला र्यालीहरू आउँदै छन्, तर कार्यक्रमस्थल करिब भरिन लागिसकेको छ,’ ज्ञवालीको भनाइ छ ।
कार्यक्रमस्थलमा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित उपाध्यक्ष, महासचिव, उपमहासचिव तथा अन्य पदाधिकारीहरू पुगिसकेका छन् । महाधिवेशन उद्घाटनस्थलमा दुवै दिशाबाट झण्डा, ब्यानर र नारासहित ठूला–ठूला र्यालीहरू प्रवेश गर्ने क्रम जारी छ । नेता–कार्यकर्ताहरूको उल्लेख्य उपस्थितिका कारण तीनकुनेस्थित नेपाल ट्रस्टको मैदान साँघुरो बन्न थालेको छ । प्रतिनिधि तथा सहभागीहरू ठाउँ सुरक्षित गर्न कार्यक्रम सुरु हुनुअघि नै मैदानमा पुग्ने क्रम बढेको छ ।
यसैबीच, उद्घाटन कार्यक्रमको पूर्वसन्ध्यामा महाधिवेशनस्थलमा विभिन्न झाँकी तथा सांस्कृतिक प्रस्तुति प्रदर्शन भइरहेको छ । देशका विभिन्न भू–भाग र समुदायको पहिचान झल्किने झाँकीहरू मैदानमा प्रवेश गरिरहेका छन्, जसले महाधिवेशनको माहौललाई थप उत्साहपूर्ण बनाएको छ ।
महाधिवेशनको उद्घाटन कार्यक्रम केही समयपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले औपचारिक रूपमा उद्घाटन गर्ने कार्यसूची रहेको छ । एमालेले ११ औँ राष्ट्रिय महाधिवेशनलाई पार्टीको भावी नीति, कार्यक्रम र नेतृत्व चयनका दृष्टिले ऐतिहासिक महत्त्वको महाधिवेशनका रूपमा लिएको छ ।
महाधिवेशनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, राप्रपा नेपालका अध्यक्ष कमल थापा लगायतका नेताहरू भने सहभागी नहुने भएका छन् । नेकपाका तर्फबाट महासचिव देव गुरुङ सहभागी हुनेछन् भने नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव सी पनि कार्यक्रमस्थलमा पुगिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
१५ लाख ७० हजार लाइसेन्स छापिए, एक वर्षभन्दा कम म्यादका अब नछापिने
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
-
पासपोर्ट बनाउन कति सहज ?
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण