रौतहट र सर्लाहीका विभिन्न ठाउँमा समयमै पुल निर्माण हुन सकेन
रौतहट । मधेस प्रदेशका रौतहट र सर्लाहीका विभिन्न ठाउँमा पुल समयमै निर्माण नहुँदा त्यस क्षेत्रका बासिन्दा सास्ती बेहोर्न बाध्य भएका छन् ।
पुल निर्माणका लागि ठेक्का लगाएता पनि काम हुन नसक्दा पुल निर्माण अलपत्र छ । रौतहट र सर्लाही जिल्ला जोड्नका लागि बागमती नदीमा दुई वटा पुल तोकिएको सयमा निर्माण नभई अलपत्र हुँदा यात्रुहरू वर्षौँदेखि जोखिमपूर्ण एवम् कष्टकर यात्रा गर्न बाध्य छन् ।
दुवै पुलले सर्लाही र रौतहट मात्र नभए पर्सा, बारा, रौटहटलाई मधेस प्रदेशको राजधानी जनकपुरलाई जोड्ने छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले शुक्रबार साँझ पुल निरीक्षण गरी निर्माण प्रगतिका बारेमा जानकारी लिए ।
पुल नहुँदा बेहोर्नु परेको समस्याका विषयमा स्थानीयसँग छलफल गरे । पुल नबन्दा आम जनताको हरेक दिन बहोरिरहेको समस्या देख्दा आफूलाई दुःख लागेको उल्लेख गर्दै मन्त्री घिसिङ आफू मन्त्री पदमा रहे या नरहे पनि खबरदारी गरिरहने बताए । स्थानीयले पुल तत्काल निर्माण सम्पन्न गर्न आग्रह गरेका थिए ।
रौतहटको दुर्गाभगती गाउँपालिका र सर्लाहीको रामनगर गाउँपालिका जोड्ने बागमती नदी (गंगा पिपरा) जोड्ने सात सय मिटर लामो पुल अलपत्र छ । पुल निर्माणका लागि असार २०७३मा टुण्डी—रसुवा—पप्पु संयुक्त उपक्रम (जेभी) सँग ८६ करोड ३७ लाख रुपैयाँ (कर सहित) मा ठेक्का सम्झौता भएको थियो । पछिल्लो पटक थपिएको ठेक्का समझौताको म्याद बमोजिम पुल निर्माण १३ कात्तिक २०८३ भित्र सम्पन्न गर्नुपर्ने छ । गत वर्षको असोजमा बागमती नदीमा आएको बाढीले पुलको एक स्पान र एक जग (फाउन्डेसन) बगाएको छ ।
पुलको निर्माण भौतिक प्रगति ८० प्रतिशत छ । हुलाकी राजमार्गअन्तर्गत सर्लाही र रौतहट जोड्ने बागमती (बडरवा) ६३४ मिटर लामो पुल निर्माणका लागि सुरुमा जेठ २०६७मा तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । साढे १२ वर्ष बितिसक्दा पनि पुल निर्माण हुन सकेको छैन । निर्माण व्यवसायीले काम गर्न नसकपछि पुरानो ठेक्का तोडी वैशाख २०७९मा ६५ करोड १६ लाखमा नयाँ ठेक्का लगाइएको थियो । साढे दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएकोमा हाल निर्माण प्रगति २० प्रतिशत मात्र छ ।
ठेक्काको म्याद चैत २०८३ सम्म थपिएको भएता पनि निर्माण व्यवसायी निर्माणस्थलमा परिचालित भएको छैन । त्यस्तो रौतहटको चपुरबाट उत्तरतर्फस्थित गैंडाटार चाँदी पुल १० वर्षदेखि निर्माण अलपत्र छ ।
मकवानपुरको बकैया गाउँपालिका जोड्दै धरान—चतरा—हैंटौडा सडक खण्डसँगसमेत जोड्न समेत प्रयोग हुने पुल तीन पटक म्याद थएिता पनि अझै निर्माण सम्पन्न हुन सकेको छैन । पुल निर्माण तत्काल सम्पन्न गर्न स्थानीयले अनशनलगायतका विभिन्न विरोधका कार्यक्रम गरेका थिए । पुल निर्माणको ठेक्का पप्पु—शिवशंकर जेभीले पाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण