सरकारले जननिर्वाचित संसदको हत्या गर्याे : मनोज भट्ट
काठमाडौँ । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले जनेजी आन्दोलनका नाममा भदौ २३ पछि मुलुकमा असंवैधानिक सरकार बनेको बताएका छन् ।
नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा शुभकामना मन्तव्य राख्दै भट्टले यस्तो बताएका हुन् । ‘जेनजी आन्दोलनका नाममा असंवैधानिक सरकार बन्यो, त्यो सरकारको पहिलो काम प्रतिनिधि सभाको हत्या गर्नु रह्यो’, उनले भने, ‘राजा ज्ञानेन्द्रले जस्तै सुशीला कार्की सरकारको काम जननिर्वाचित संसदको हत्या गर्नु रह्यो ।’
उनले विषम परिस्थितिमा हुन लागेको एमालेको नयाँ सही नयाँ नेतृत्व चयनका लागि शुभकामना दिँदै उनले नेपालमा जेनजी आन्दोलन गर्न विदेशीले अरबौँ रकम लगानी भएको आशङ्का व्यक्त गर्दै नेपालकै दलहरूका कारण विदेशीले खेल्ने मौका पाएको बताए ।
‘जेनजी आन्दोलनको निशाना गणतन्त्रवादी नेता र पार्टीहरू बने’, उनले भने, ‘कहाँनेर हामीले कमजोरी गर्यौ त्यसबारे विश्लेषण गर्न जरुरी छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण