सुर्खेतमा नेकपाको बृहत् एकता सभा
सारांश
- सुर्खेतको वीरेन्द्रनगरमा नेकपाको वृहत एकता सभा सुरु भएको छ।
- माओवादी केन्द्र र एकीकृत समाजवादी लगायतका कम्युनिस्ट पार्टीहरुको एकता सभामा नेता तथा कार्यकर्ताको सहभागिता रहेको छ।
- कार्यक्रममा पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपालले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को बृहत् एकता सभा सुर्खेतको वीरेन्द्रनगरमा सुरु भएको छ ।
नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत कम्युनिस्ट पार्टीबिचको एकता र ध्रुवीकरणपछि कर्णाली प्रदेशमा पहिलो पटक प्रदेशस्तरीय ‘एकता सन्देश सभा’ आयोजना गरिएको हो ।
सभाका लागि वीरेन्द्रनगरको घण्टाघर परिसरमा नेता, कार्यकर्ताहरू सहभागी छन् । कार्यक्रम सुरु हुनुअघि वीरेन्द्रनगरका एरी चोक, मंगलगढी चोकलगायत विभिन्न स्थानबाट निस्किएका विशाल र्यालीहरू बजार परिक्रमा गर्दै घण्टाघरस्थित मूल सभामा परिणत भएका छन् ।
सभालाई सम्बोधन गर्न पार्टीका शीर्ष नेताहरू मञ्चमा आसीन छन् । कार्यक्रममा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालले विशेष सम्बोधन गर्ने कार्यक्रम छ ।
यस्तै नारायणकाजी श्रेष्ठ, वामदेव गौतम र भीम रावललगायत विशिष्ट नेताहरूको उपस्थिति छ । कम्युनिस्ट घटकहरू एक भएर ‘नेकपा’ बनेपछि कर्णालीमा आयोजित यो पहिलो ऐतिहासिक सभा भएकोले यसलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण