सुदूरपश्चिमको लगातार विकेट पतन, आरिफ पनि सस्तैमा आउट
शनिबार, २७ मङ्सिर २०८२, १६ : ०४
काठमाडौँ । लुम्बिनी लायन्ससँग दोस्रो संस्करणको नेपाल प्रिमियर लिगको उपाधि भिडन्त खेलिरहेको सुदूरपश्चिम रोयल्सलाई ठुलो धक्का लागेको छ । उसले पाँच ओभर नसकिँदै लगातार तीन विकेट गुमाएको छ ।
पछिल्लो पटक उसका आशिफ शेख मात्र ६ रन बनाएर आउट भए । उनलाई लुम्बनीका शेर मल्लले एलबीडब्ल्यू धरापमा पारे ।
त्रिवि क्रिकेट मैदानमा शनिबार भएको खेलमा ट्रम्पलमानले सुदूरका भरपर्दा ब्याटर विनोद भण्डारीलाई बिनाकुनै रन आउट गराएका थिए भने अर्का शेल्डन ज्याक्सनलाई पनि मात्र एक रनमा आउट गराएका थिए ।
सुदूरपश्चिम अघिल्लो संस्करणको उपविजेता टोली हो ।
अहिले क्रिजमा दीपेन्द्र सिंह ऐरी र ओपनर इसान पाण्डे छन् । पहिलो पावर प्ले सकिँदा सुदूरपश्चिमले ३ विकेटको क्षतिमा मात्र २० रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण