एनपीएल सिजन २: कुन खेलाडीले के जिते ? (सूचीसहित)
लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि जितेको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा आज भएको खेलमा लुम्बिनी लायन्सले गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्सलाई छ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।
सुदूरपश्चिम यसपटक पनि उपविजेतामै रोकियो । पहिलो संस्करणको फाइनमा सुदूरपश्चिम जनकपुर बोल्ट्ससँग पराजित भएको थियो । यसपटक उपाधिसहित लुम्बिनीले एक करोड १० रुपैयाँ लाख हात पार्यो ।
उपविजेता सुदूरपश्चिमले भने ५१ लाख रुपैयाँमै चित्त बुझाउनुपर्यो ।
कुन खेलाडीले के जिते ?
१. लुम्बिनीका कप्तान रोहित पौडेल प्रतियोगिताको सर्वाेत्कृष्ट नेपाली खेलाडी घोषित, पाए ओमोडा कार
२. लुम्बिनी लायन्सका शेर मल्ल बने प्रतियोगिताको उत्कृष्ट उदीयमान खेलाडी, पाए पल्सर बाइक
३. लुम्बिनीका रुवेन ट्रम्पलम्यान बने प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी, पाए ५ लाख पुरस्कार
४. विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने बने प्रतियोगिताको उत्कृष्ट बलर, पाए पल्सर बाइक
५. लुम्बिनीका कप्तान रोहित पौडेल प्रतियोगिताको उत्कृष्ट ब्याटर घोषित, पाए पल्सर बाइक
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण