बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

पोखरा रङ्गशालामा फ्लडलाइट जडान गर्छौँ : मन्त्री घिसिङ

आइतबार, २८ मङ्सिर २०८२, ०९ : ५४
आइतबार, २८ मङ्सिर २०८२

पोखरा । भौतिक पुर्वाधार विकास तथा उर्जामन्त्री कुलमान घिसिङले पोखरा रङ्गशालामा फ्लडलाइट जडान गर्ने बताएका छन् । 

आइतबार बिहान रङ्गशालाको निरीक्षणपश्चात् संक्षिप्त कुरा गर्दै उनले फ्लडलाइट जडान प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएका हुन् । 

‘अन्तर्राष्ट्रिय खेल खेलाउन समस्या रहेछ । त्यसको लागि सरकारले बजेट व्यवस्था गरेर कार्य अगाडि बढाउँछ,’ उनले भने । फ्लड लाइट जडानका लागि यसअघि नै माग पठाएको थियो । तत्कालीन समयमा १५ करोड भन्दा बढी लाग्ने अनुमान गरिएको थियो ।

अहिले विराटनगरको रङ्गशाला मोडालिटीमा फ्लडलाइट राख्न उपयुक्त हुने सुझाव विज्ञहरूले दिएका छन् । जिल्ला खेलकुद विकास समितिका कार्यालय सचिव डीवी नेपालीले करिब १४ करोड लागत लाग्ने अनुमान गरिएको बताए । 

‘विराटनगरमा १२ करोडको लाइट राखेको छ । त्यही लागतमा पोखरामा राख्न भनेको हो,’ उनले भने, ‘अहिले लागत बढ्न सक्छ । विराटनगरको मोडालिटीमा राख्दा राम्रो हुन्छ भन्यौं ।’

मन्त्री घिसिङले सहरी विकास मार्फत समन्वय गरेर अर्थ मन्त्रालयसँग बजेट माग गर्ने प्रतिबद्धता जनाएका छन् । पोखरा रङ्गशालामा माघ १५ गतेदेखि साफ यु–१९ महिला च्याम्पियनसीप फुटबल प्रतियोगिता हुँदैछ । यसका लागि फ्लड लाइट र स्कोरबोर्ड राख्नुपर्ने सुझाव छ । यसअघि साफको महासचिव पुरुषोत्तम कट्टेल र एन्फाको प्रतिनिधि मण्डलले रङ्गशालाको अवलोकन गरेर फर्किएको थियो । पोखरा रङ्गशालामा १६ हजार ५ सय सीट क्षमताको प्यारापिट छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप