एमाले महाधिवेशन : भृकुटीमण्डपमा बन्दसत्र, प्रतिनिधिहरूको उत्साहपूर्ण चहलपहल
काठमाडाैँ । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र काठमाडौँको भृकुटीमण्डपमा सुरु हुने क्रममा रहेको छ । शनिबार भक्तपुरको सल्लाघारीमा भव्य उद्घाटन भएको महाधिवेशनको मुख्य कार्यसत्र आइतबार भृकुटीमण्डपमा सुरु हुन लागेको हो ।
बिहानैदेखि प्रतिनिधिहरूको चहलपहल बढेको छ भने हल वरिपरि उत्साह र व्यस्तता छाइरहेको छ । महाधिवेशनमा देशभरबाट निर्वाचित र मनोनित गरी कुल २ हजार २ सय ६२ जना प्रतिनिधि सहभागी छन् । बिहान ९ बजेदेखि केन्द्रीय कमिटीको अन्तिम बैठक सकिएपछि बन्दसत्र दिउँसो साढे १२ बजे सुरु हुने तयारी छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ । यसपछि समूह छलफल र नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढ्नेछ । महाधिवेशन सोमवार समापन हुने गरी नयाँ केन्द्रिय कमिटी र पदाधिकारी चयन गर्ने योजना छ ।
भृकुटीमण्डप परिसरमा बिहानैदेखि प्रतिनिधिहरू आइपुगेका छन् । कतिपय घाम ताप्दै गफ गरिरहेका छन् त कतिपय हलभित्र प्रवेश गरेर आसन ग्रहण गरिरहेका छन् । पार्टीका नेता–कार्यकर्ताबिच नेतृत्व चयन र समसामयिक राजनीतिक विषयमा अनौपचारिक छलफल चलिरहेको देखिन्छ ।
सुरक्षा व्यवस्था मजबुत पारिएको छ भने स्वयंसेवकहरू सक्रिय छन् । बन्दसत्रमा पार्टीको भावी रणनीति, संगठन सुदृढीकरण र नेतृत्व चयन मुख्य एजेण्डा रहनेछन् । –न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
-
युरोपलाई रूसी तेल र ग्यास जरूरी : क्रेमलिन
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण