शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
एमाले महाधिवेशन

युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य महाधिवेशनमा कुनै पनि पदमा नउठ्ने

आइतबार, २८ मङ्सिर २०८२, १७ : ३८
आइतबार, २८ मङ्सिर २०८२

सारांश

  • एमालेका उपाध्यक्ष युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले महाधिवेशनमा प्रतिस्पर्धा नगर्ने घोषणा गरे।
  • नयाँलाई अवसर दिन उनीहरू पछि हटेका हुन्, र उनीहरू ईश्वर पोखरेल पक्षमा लागेका छन्।
  • केपी शर्मा ओलीले पदाधिकारी संख्या बढाउने प्रस्ताव गरेपछि सहमति जुट्न नसक्दा बैठक लम्बियो।

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य जारी महाधिवेशनमा कुनै पनि पदमा प्रतिस्पर्धा नगर्ने भएका छन् । नयाँलाई अवसर दिने भन्दै उनीहरू प्रतिस्पर्धाबाट पछि हटेका हुन् । 

जारी केन्द्रीय कमिटी बैठकमा उनीहरुले यस्तो घोषणा गरेका हुन् । उनीहरू दुवै जना ईश्वर पोखरेल पक्षमा खुलेर लाग्दै आएका छन् । 

केन्द्रीय कमिटी बैठक अहिले जारी छ । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारी सङ्ख्या बढाएर १९ सदस्सीय बनाउने प्रस्ताव अघि सारेका छन् । तर ओलीको यो प्रस्तावलाई ईश्वर पक्षको अस्वीकार गर्दै आएको छ । 

ओलीको प्रस्तावमा सहमति नजुटेपछि जारी केन्द्रीय कमिटी बैठक लम्बिएको छ भने १२ः३० बाट सुरु हुने भनिएको महाधिवेशन बन्दसत्र प्रभावित भएकाे छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप