दर्शकको मागपछि ‘धुरन्धर’लाई मध्यरातमा शो
मुम्बई । रणवीर सिंह अभिनित फिल्म ‘धुरन्धर’ले बक्स अफिसमा उत्कृष्ट प्रदर्शन गरिरहेको छ । रिलिजको ९ दिनपछि पनि फिल्मका धेरै शोहरू हाउसफुल भइरहेका छन् । त्यसैले दर्शकको मागअनुसार फिल्मको मध्यरातका शोहरू पनि सुरु भएको छ ।
मुम्बईमा फिल्मको रातीको १२ः४५ बजे शो थप गरिएको छ, भने पुणेमा १२ः२० बजे शो सुरु गरिएको छ । यी बाहेक, मध्यरात १२ः५०, १ः२५, २ः१०, २ः३०, ३ः००, ३ः३०, ३ः३५, ४ः०५ र ४ः१० बजेका शोहरू पनि सुरु भएका छन् ।
फिल्मले शनिबार अर्थात् रिलिजको नवौं दिन ५३ करोड रुपैयाँको बक्स अफिस कलेक्सन छ । फिल्मको सबैभन्दा बढी एकल दिनको कमाइ यो हो। आइतबार यसमा वृद्धि हुने अनुमान गरिएको छ ।
फिल्मले ५ डिसेम्बर (ओपनिंग डे) – २८.६० करोड
६ डिसेम्बर – ३३.१० करोड
७ डिसेम्बर – ४४.८० करोड
८ डिसेम्बर – २४.३० करोड
९ डिसेम्बर – २८.६० करोड
१० डिसेम्बर – २९.२० करोड
११ डिसेम्बर – २९.४० करोड
१२ डिसेम्बर – ३२.५ करोड
१३ डिसेम्बर – ५३ करोड कमाएको छ ।
फिल्मको हालसम्मको आम्दानी ३०३ करोड (भारु) रहेको छ । फिल्मले रिलिजको ९ दिनमा ठुलो कीर्तिमान कायम गरेको छ । ३०० करोडभन्दा बढी कलेक्सन गरेर यो वर्षको पाँचौं सर्वाधिक कमाउने फिल्म बनेको छ । यद्यपि, फिल्म अझै कमाईको मामलामा ‘छावा’ र ‘सैयारा’ भन्दा पछि छ । वर्तमान कलेक्सनलाई हेर्दा यो फिल्मले यी फिल्महरूको समग्र कलेक्सनको रेकर्ड तोड्न सक्ने अनुमान छ ।
५ डिसेम्बरमा रिलिज भएको फिल्म आदित्य धरले निर्देशन गरेका हुन् । जसले यसअघि ‘उरीः द सर्जिकल स्ट्राइक’ बनाएका थिए । फिल्ममा रणवीर सिंहले गुप्तचर एजेन्टको भूमिका निभाएका छन् जो गोप्य रूपमा पाकिस्तानमा मिशनमा जान्छन् । उनीसँगै सारा अर्जुन, अक्षय खन्ना, सञ्जय दत्त, अर्जुन रामपाल, आर. माधवनको पनि फिल्ममा महत्त्वपूर्ण भूमिका छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण