आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय
अपडेट

महान्यायाधिवक्ता भण्डारी ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको साधारण सदस्यबाट निलम्बित

आइतबार, २८ मङ्सिर २०८२, १६ : ००
आइतबार, २८ मङ्सिर २०८२

सारांश

  • ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले महान्यायाधिवक्ता सविता भण्डारी बराललाई साधारण सदस्यबाट निलम्बन गरेको छ।
  • महान्यायाधिवक्ताले किशोरीको डिम्ब बेचबिखनको आरोप लागेको कम्पनीमाथि मुद्दा नचलाउने निर्णय गरेकी थिइन्।
  • उनको निर्णयबारे विवाद भएपछि राजीनामा दिन सुझाव दिइएको थियो, तर उनले मानिनन्।

काठमाडौँ । महान्यायाधिवक्ता सविता भण्डारी बराललाई ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले  साधारण सदस्यबाट निलम्बित गरेको छ । ट्रान्सपरेन्सी नेपाल स्रोतले महान्यायाधिवक्ता भण्डारीलाई मङ्सिर १७ गते बसेको बैठकले निलम्बन गर्ने निर्णय गरेको जानकारी दिएको हो । 

महान्यायाधिवक्ता भण्डारीले किशोरीको डिम्ब बेचबिखनको आरोप लागेको निजी कम्पनी ‘होप फर्टिलिटी एन्ड डायग्नोस्टिक प्रालि’ माथि मुद्दा नचलाउने निर्णय गरेकी थिइन् । त्यो विषयमा सर्वोच्च अदालतले महान्यायाधिवक्ता भण्डारीलाई कारण देखाऊ आदेश जारी गरेको छ । त्यही विषय देखाएर ट्रान्सपरेन्सी इन्टरनेशनलले उनलाई साधारण सदस्यबाट निलम्बित गर्ने निर्णय गरेको संस्थाका एक पदाधिकारीले जानकारी दिए ।

खेमराज रेग्मी अध्यक्ष हुँदा ट्रान्सपरेन्सी नेपालको कार्यसमिति उपाध्यक्ष समेत बनेकी भण्डारी वरिष्ठ अधिवक्ता हुन् ।  उनको निर्णयबारे विवाद भएपछि संस्थाले भण्डारीलाई राजीनामा दिएर सहजीकरण गर्न सुझाव दिए पनि भण्डारीले मानेकी थिइनन् । 

निलम्बन गरिए पनि निर्णयबारे स्पष्ट पारेर संस्थालाई उपयुक्त लागेमा निलम्बनबारे पुनर्विचार गर्न सकिने संस्थाले उनलाई जानकारी गराएको स्रोतले बतायो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप