जेनजी प्रदर्शनमा मारिएका प्रहरी हवल्दारको परिवारलाई गृहमन्त्रीले भेटे
आइतबार, २८ मङ्सिर २०८२, १६ : १६
सारांश
- गृहमन्त्री ओमप्रकाश अर्यालले काठमाडौँको कोटेश्वरमा हत्या गरिएका प्रहरी हवल्दार अमृत गुरुङको परिवारलाई भेटे।
- मन्त्री अर्यालले मृतक गुरुङको परिवारका एक सदस्यलाई रोजगारी दिने आश्वासन दिए।
- मन्त्री र आईजीपी पोखरामा निर्वाचन स्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन गएका छन्।
काठमाडौँ । जेनजी प्रदर्शनमा काठमाडौँको कोटेश्वरमा हत्या गरिएका प्रहरी हवल्दार अमृत गुरुङको परिवारलाई गृहमन्त्री ओमप्रकाश अर्यालले भेटेका छन् । आइतबार कास्कीको रुपा गाउँपालिका–५ मा पुगेर मन्त्री अर्याल र आईजीपी दान बहादुर कार्कीले मृतक गुरुङको परिवारलाई भेटेका हुन् ।
प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत गुरुङलाई भदौ २४ मा जेनजी प्रदर्शनको क्रममा आन्दोलनकारीले हत्या गरेका थिए । मन्त्री अर्यालले राज्यको तर्फबाट गुरुङको परिवारका एक जना सदस्यलाई रोजगारीको प्रबन्ध गरिने आश्वासन दिएका छन् ।
मन्त्री अर्याल र आईजीपी सहितका सुरक्षा प्रमुखहरू निर्वाचन स्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन पोखरामा गएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण