जेनजी आन्दोलनका शहिद गुरुङको घरमा गृहमन्त्री र आइजीपी
पोखरा । जेनजी आन्दोलनका क्रममा शहादत प्राप्त गरेका प्रहरी हवलदार अमृत गुरुङको परिवारलाई भेट्न गृहमन्त्री ओमप्रकाश अर्याल र प्रहरी महानिरीक्षक दानबहादुर कार्की उनको घरमा पुगेका छन् ।
गुरुङको आन्दोलनका क्रममा कोटेश्वरमा ज्यान गएको थियो । उनको परिवारलाई समवेदना दिन आइतबार सरकारी उच्चस्तरीय टोली नै कास्कीको रुपामा पुगेका हुन् ।
टोलीमा गृहमन्त्री र आइजीपी सहित गृहसचिव रामेश्वर दंगाल, मन्त्रालयको शान्ति सुरक्षा महाशाखा प्रमुख आनन्द काफ्ले लगायत थिए ।
भेटका क्रममा मन्त्री अर्यालले गुरुङको परिवारलाई राज्यले सक्ने सबै सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले गुरुङको परिवारलाई रोजगारीको उपयुक्त प्रबन्ध गर्ने बताएका छन् ।
रुपा गाउँपालिकाकी उपाध्यक्ष लालसुब्बा गुरुङले अमृतकी पत्नीको जीविकाका लागि सरकारले स्थायी जागिरको प्रबन्ध गर्नुपर्ने माग राखेकी थिइन् ।
प्रहरीको नियमावलीअनुसार कर्तव्य पालनाको सिलसिलामा वीरगति प्राप्त गर्ने प्रहरी कर्मचारीलाई सङ्गठनले उच्च सम्मानका साथ बिदाइ गर्दै परिवारलाई आर्थिक सहायता उपलब्ध गराउँछ ।
अमृतलाई पनि मरणोपरान्त एक तह बढुवा दिइएको छ भने उनका परिवारलाई १० लाख दिने घोषणा गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण