आईसीसीद्वारा क्यानलाई बधाई
आइतबार, २८ मङ्सिर २०८२, २१ : ३०
काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अध्यक्ष जय शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को सफल योजना र कार्यान्वयनका लागि क्रिकेट सङ्घ नेपाल (क्यान) लाई बधाई दिएका छन् ।
आईसीसी अध्यक्ष शाहले क्यानका अध्यक्ष चतुर बहादुर चन्दलाई सम्बोधन गर्दै आइतबार(१४ डिसेम्बर २०२५) मा पठाएको औपचारिक पत्रमार्फत नेपाल प्रिमियर लिगको सफल आयोजनाप्रति प्रशंसा व्यक्त गरेका हुन् ।
पत्रमा उनले यस वर्षको एनपीएलले व्यवस्थापन र खेलको गुणस्तर दुवै दृष्टिले उल्लेखनीय मापदण्ड स्थापित गरेको उल्लेख गरेका छन् ।
प्रतियोगिताको सहज सञ्चालन, टोलीहरूको उत्साहपूर्ण सहभागिता तथा देशभरका क्रिकेटप्रेमीको व्यापक समर्थन क्यानको मेहनत र समर्पणको प्रमाण भएको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण