बोलोग्नाविरुद्ध युभेन्टस १–० ले विजयी
सोमबार, २९ मङ्सिर २०८२, ०३ : ४१
सारांश
- युभेन्टसले सेरी ए फुटबलमा बोलोनियालाई १-० गोलले पराजित गर्यो।
- युभेन्टसका जुआन काबालले खेलको ६४औं मिनेटमा निर्णायक गोल गरे।
- बोलोनियाका टोर्ब्योर्न हेग्गेम रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो।
काठमाडौँ । इटालीको सेरी ए अन्तर्गत सोमबार सम्पन्न खेलमा युभेन्टसले बोलोनियालाई १–० ले पराजित गरेको छ । प्रतिस्पर्धात्मक खेलमा युभेन्टसका जुआन काबालले ६४ औँ मिनेटमा निर्णायक गोल गर्दै टोलीलाई महत्त्वपूर्ण जित दिलाए ।
घरेलु टोली बोलोनियाले खेलमा बराबरी फर्काउने प्रयास गरे पनि सफल हुन सकेन । ६९ औँ मिनेटमा बोलोनियाका टोर्ब्योर्न हेग्गेम रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित हुन पुगेको थियो ।
जितसँगै युभेन्टसले तीन अंक हात पारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण