उम्मेदवारको नाम टुङ्ग्याउन ओली पक्षीय नेताहरूको गुन्डुमा जमघट
काठमाडौँ । नेकपा एमालेको जारी ११ औँ महाधिवेशनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आफ्नो पक्षबाट पदाधिकारीका उम्मेदवारहरू टुङ्गो लगाउन सकस देखिएको छ । सीमित पदमा धेरै आकाङ्क्षी देखिएसँगै ओलीले हालसम्म आफ्नो पक्षबाट नाम सार्वजनिक गर्न सकेका छैनन् ।
अध्यक्षमा आफूले उम्मेदवारी दिने टुङ्गो लागे पनि उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिवलगायत पदमा कसले उम्मेदवारी दिने भन्ने स्पष्ट भएको छैन । नाम टुङ्ग्याउन हाल अध्यक्ष ओलीसहित उनी पक्षका नेताहरू सोमबार बिहानदेखि निजी निवास गुन्डुमा छलफलमा जुटेका छन् । ‘छलफलपछि उम्मेदवारको नाम फाइनल हुनेछ,’ एक नेताले भने ।
निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन तालिकाअनुसार आज उम्मेदवारीसँग सम्बन्धित मुख्य कार्यक्रमहरू सञ्चालन हुँदैछन् । केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाद्वारा जारी कार्यतालिका अनुसार आज बिहान १०ः१५ बजे अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ। त्यस लगत्तै बिहान १०ः३० बजेदेखि दिउँसो १ः३० बजेसम्म उम्मेदवारहरूको दरखास्त फाराम दर्ता गर्ने कार्यक्रम तय गरिएको छ ।
दरखास्त दर्ता सकिएपछि दिउँसो २ः३० बजे उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ । प्रारम्भिक नामावली सार्वजनिक भएपछि उम्मेदवारविरुद्ध उजुरी दिने समय दिउँसो २ः३० बजेदेखि ३ बजेसम्म तोकिएको छ । सबै प्रक्रिया पूरा भएपछि आजै साँझ ६ः०० बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ ।
निर्वाचन तालिकाअनुसार भोलि (मंगलबार) बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने कार्यक्रम रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण