सुरक्षा चुनौती हटाए मात्रै निर्वाचन सम्भव छ : मुख्यमन्त्री पाण्डे
सारांश
- मुख्यमन्त्री पाण्डेले अन्तर सरकार सम्बन्धमा निर्वाचनको वातावरण बन्ने बताए।
- उनले संघीय, प्रदेश र स्थानीय तहबीचको सम्बन्ध र समन्वयको खाँचो औंल्याए।
- पाण्डेले दल र सरकारबीच विश्वासको वातावरण बनाउनुपर्नेमा जोड दिए।
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तर सरकार सम्बन्धमा मात्रै निर्वाचनको वातावरण बन्ने बताएका छन् । तीनै तहका सरकारबिच सम्बन्ध कायम गरेर सुरक्षा चुनौती हटाए मात्रै निर्वाचन हुने उनले बताए ।
‘राजनीतिक परिस्थितिको बाध्यताले गर्दा अहिले निर्वाचित नभइकन निर्वाचनका लागि गठन भएको सरकार छ । बाँकी ७६० वटा सरकार यिनै राजनीतिक दलहरूले नेतृत्व गरेर बसेका छन्,’ उनले गृहमन्त्री ओमप्रकाश अर्याललाई लक्षित गर्दै प्रश्न गरे, ‘यो बेलामा संघीय सरकार, प्रदेश सरकार र स्थानीय तह बिचको सम्बन्ध, अन्तरसम्बन्ध कसरी अगाडि बढ्छ ? समन्वय कसरी हुन्छ ? भरोसायोग्य वातावरण हामीले कसरी सिर्जना गर्न सक्छौँ ?’
सुरक्षाको कमान्ड सम्हाल्ने गृह मन्त्रालयले नै राजनीतिक दल र सरकार प्रति विश्वासको वातावरण बनाए निर्वाचन सम्पन्न हुने उनले बताए । सरकार र राजनीतिक दलहरुबिच विश्वासको वातावरण बन्न नसकेको पाण्डेले बताएका छन् । पोखरामा प्रदेशस्तरीय सुरक्षा बैठकलाई सम्बोधन गर्दै उनले दल र सरकारबीच आपसमा विश्वासको वातावरण बनाउनुपर्ने बताए ।
‘राजनीतिक दलहरूप्रति पूर्ण रूपमा यो सरकार विश्वस्त हुन नसकेको र दलहरुले पनि वर्तमान सरकारले आफूलाई बाइपास गरेर अगाडि बढ्न खोजेको हो कि भन्ने सोचेका छन्,’ उनले भने, ‘यो बिचमा विश्वासको वातावरण हामीले जगाउन सक्नुपर्छ । त्यो हुन सकेको छैन ।’
उनले जनस्तरमा समेत मनोबल गिरेकोले निर्वाचनमा थप सुरक्षा चुनौती हुनसक्ने बताए । ‘जनताको मनोबल गिरेको अवस्था,जनताले सुरक्षा निकायप्रति पूर्ण विश्वस्त हुन नसकेको अवस्था छ । केही हतियार र अपराधीहरू जेलबाट छुटेर बाहिर हिँडिरहेकोले सुरक्षा चुनौतीहरु छन्,’ उनले अघि भने, ‘जसबाट विगतमा जस्तो निर्वाचन सम्पन्न गर्नका लागि अझ ठूलो चुनौती थपिन सक्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण