एमाले पदाधिकारी : ओलीले छानेको टिममा अधिकांश अनुहार साविककै पदमा निरन्तर
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पक्षबाट पदाधिकारीको नाम फाइनल गरेका छन् ।
ओली पक्षबाट अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा शंकर पोखरेलको नाम फाइनल भएको छ । १०औँ महाधिवेशनबाट पनि अध्यक्षमा ओली र महासचिवमा पोखरेल नै चयन भएका थिए । ओलीले पार्टीको दुई मुख्य पदमा उही नामलाई यो पटक निरन्तरता दिएका हुन् ।
जारी महाधिवेशनमा ओली पक्षले उपाध्यक्षमा रामबहादुर थापा ‘बादल’, विष्णुप्रसाद पौडेल, गुरु बराल, प्रदीप ज्ञवाली र पृथ्वी सुब्बा गुरुङलाई अघि सारेको छ । १०औँ महाधिवेशनबाट उपाध्यक्ष पदमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, सुरेन्द्रप्रसाद पाण्डे र गुरु बराल चयन भएका थिए । यीमध्ये युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले ११औँ महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी नदिने घोषणा गरिसकेका छन् । पाण्डेले भने ओली इतर पक्षबाट महासचिव पदमा उम्मेदवारी दिने भएका छन् । बाँकी रहेका थापा, पौडेल र बराललाई ओलीले फेरि सोही पदमा निरन्तरता दिने गरी टिम छनोट गरेका हुन् ।
प्रदीप ज्ञवाली र पृथ्वी सुब्बा गुरुङलाई भने ओली पक्ष एक तह माथिको पदमा पुर्याएको हो । यसअघि ज्ञवाली र गुरुङ उपमहासचिव पदमा निर्वाचित भएका थिए ।
यस्तै ओली पक्षले उपमहासचिवमा भानुभक्त ढकाल, विष्णु रिमाल र रघुवीर महासेठलाई अघि सारेको छ । साबिकका उपमहासचिवद्वय ज्ञवाली र गुरुङलाई अहिले उपाध्यक्ष पदको उम्मेदवार बनाइएको छ भने रिमाललाई साबिककै पदमा दोहोरिने गरी ओली पक्षबाट उम्मेदवार बनाइएको छ । साबिकका सचिव महासेठलाई अहिले उपमहासचिव पदमा उम्मेदवार बनाइएको हो ।
ओली पक्षबाट सचिवमा लेखराज भट्ट, छविलाल विश्वकर्मा, पद्मा अर्याल, यामलाल कँडेल, राजन भट्टराई, हिक्मत कार्की, महेश बस्नेत, शेरधन राई र खगराज अधिकारीलाई अघि सारिएको छ ।
उनीहरूमध्ये भट्ट, विश्वकर्मा र अर्याल १०औँ महाधिवेशनबाट सोही पदमा निर्वाचित भएका थिए । कँडेल, कार्की, भट्टराई, बस्नेत र राई पहिलो पटक पदाधिकारीमा उम्मेदवार बन्न लागेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण