महानगर क्षेत्रमा बैंकका शाखा गाभ्ने बाटो खुल्यो, यस्तो छ प्रक्रिया
काठमाडौं । महानगर क्षेत्रमा बैंकका शाखा गाभ्ने बाटो खुला भएको छ । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा बमोजिम राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई परिपत्र गर्दै यस्तो बाटो खुला गरेको हो ।
यस अनुसार महानगरपलिकामा रहेका शाखाहरु बैंक तथा वित्तीय संस्थाले आफैँ निर्णय गरेर गाभ्न सक्नेछन् । तर, सरकारी निकाय वा सार्वजनिक संस्था लक्षित गरी स्थापना भएको शाखाको हकमा उक्त संस्थाको लिखित सहमति पश्चात् मात्र शाखा समायोजन गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।
शाखा समायोजन गर्नुपूर्व सरोकारवालाको जानकारीका लागि कम्तिमा ९० दिनअघि राष्ट्रिय स्तरको दैनिक पत्रिका, सम्बन्धित संस्थाको वेबसाइट तथा शाखाको सूचनापाटीमा समेत प्रकाशन गर्नुपर्नेछ व्यवस्था गरिएको छ ।
दुई वा सोभन्दा बढी शाखा समायोजन हुने अवस्थामा समायोजन हुने शाखाका ग्राहकले उक्त संस्थाको कर्जा चुक्ता गर्न चाहेमा वा अन्य सेवा बन्द गर्न चाहेमा कुनै पनि प्रकारका शुल्क नलिइ कर्जा चुक्ता वा सेवा स्थगित गर्न सक्ने व्यवस्था मिलाउनु उल्लेख गरिएको छ ।
शाखा समायोजन गरेको ३ कार्यदिनभित्र यसको विवरण राष्ट्र बैंकमा पठाउनुपर्ने व्यवस्था परिपत्रमार्फत् गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण