मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

भारतमा ‘इन्टरनेशनल नेपाली फिल्म फेस्टिभल एन्ड अवार्ड’ हुने

सोमबार, २९ मङ्सिर २०८२, १३ : ०८
सोमबार, २९ मङ्सिर २०८२

सारांश

  • नयाँ दिल्लीमा सन् २०२६ को फेब्रुअरीमा इन्टरनेशनल नेपाली फिल्म फेस्टिभल आयोजना हुने भएको छ।
  • महोत्सवको मुख्य उद्देश्य नेपाली चलचित्रको अन्तर्राष्ट्रिय प्रवर्द्धन र व्यावसायिक विस्तार गर्नु हो।
  • उत्कृष्ट फिल्म, निर्देशन, अभिनय लगायतका विधामा अवार्ड प्रदान गरिनेछ, जसमा कृष्ण मल्ल निर्णायक रहनेछन्।

काठमाडौँ । नेपाली चलचित्रको अन्तर्राष्ट्रिय प्रवर्द्धन र सम्मान गर्ने उद्देश्यले भारतको नयाँ दिल्लीमा नेपाल फिल्म फेष्टिभल आयोजना हुने भएको छ । ‘इन्टरनेशनल नेपाली फिल्म फेस्टिभल एन्ड अवार्ड’ (आइएनएफएफए) नाम दिइएको फेस्टिभल १ देखि ३ फेब्रुअरी सन् २०२६ मा आयोजना हुन लागेको हो ।

आयोजक इन्टरनेशनल नेपाली फिल्म फेस्टिभल एन्ड अवार्डले एक विज्ञप्ति जारी गर्दै अवार्डको जानकारी दिएको हो । महोत्सवको मुख्य उद्देश्य अन्तर्राष्ट्रिय दर्शकमाझ नेपाली चलचित्रको प्रवर्द्धन गर्नुका साथै सिर्जनात्मक र व्यावसायिक विस्तारका लागि साझा मञ्च सिर्जना गर्नु हो । प्रतियोगिताका लागि सन् २०२५ मा प्रदर्शन भएका नेपाली फिचर फिल्महरू आह्वान गरिएको छ । फिल्म बुझाउने अन्तिम मिति २०२६ जनवरी ७ तोकिएको छ ।

महोत्सव अन्तर्गत उत्कृष्ट फिचर फिल्म, निर्देशन, अभिनय तथा विभिन्न प्राविधिक विधामा अवार्ड प्रदान गरिनेछ । साथै रेड कार्पेट अवार्ड समारोह, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्रकर्मी र समीक्षकहरूको सहभागिता, प्रिमियर शो, विशेष प्रदर्शन तथा सांस्कृतिक प्रस्तुतिहरू हुनेछ ।

फेष्टिभलको निर्णायक मण्डलको प्रमुख जुरीका रूपमा अभिनेता कृष्ण मल्ल र जुरी सदस्यहरूमा निर्देशक तुलसी घिमिरे, अभिनेता सुनिल थापा, अभिनेत्री बिपना थापा तथा भारतका चर्चित थिएटर अभिनेता अभतार साहनी रहेका छन् ।

आयोजक संस्थाका अध्यक्ष राजेन्द्र घिमिरे हुन् भने महोत्सव निर्देशक चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली रहेका छन् । महोत्सवमा हजारौँ दर्शक र चलचित्रकर्मी सहभागी हुने अपेक्षा गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप