फागुन २१ मा निर्वाचन नभए मुलुकको अस्तित्वमाथि नै संकट आउनसक्छः मुख्यमन्त्री पाण्डे
सोमबार, २९ मङ्सिर २०८२, १९ : ००
काठमाडाैँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तोकिएकै मितिमा निर्वाचन सम्पन्न नभए मुलुकको अस्तित्वमाथि नै संकट आउने बताएका छन् ।
साेमबार पोखरामा आयोजित गण्डकी प्रदेश स्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । मुख्यमन्त्री पाण्डेले फेरि निर्वाचन सार्ने, सरकार फेर्नेलगायतका काम भए मुलुक राजनीतिक अस्थिरतामा फस्ने र त्यसले झन ठूलो संकट निम्त्याउने जिकिर गरे ।
उनले वर्तमान सरकारले तोकिएकै मितिमा निर्वाचन हुनेगरी आवश्यक वातावरण बनाउनुपर्ने बताए ।
मुख्यमन्त्री पाण्डेले जेनजी आन्दोलनपछि सुरक्षाकर्मीहरुको मनोवल कमजोर हुने काम भएकाले त्यसलाई सशक्त बनाउने कामलाई सरकारले प्राथमिकताका साथ अघि बढाउनुपर्ने बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
-
आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
-
लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्का घटना, दुई जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण