केन्द्रीय सदस्यमा कान्छी उम्मेदवार बनेकी एलिसा गौतम
सारांश
- नेकपा एमालेको महाधिवेशनमा २९ वर्षीया इन्जिनियर एलिसा गौतमले केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएकी छिन्।
- इन्जिनियर एलिसा गौतमले पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट 'महिला खुला क्लस्टर' तर्फ उम्मेदवारी दिएकी हुन्।
- उनी विद्यार्थी राजनीतिबाट आएकी हुन् र प्राविधिक क्षमता र राजनीतिक संगठन दुवैमा अब्बल मानिन्छिन्।
विराटनगर । नेकपा एमालेको जारी ११औं महाधिवेशनमा पुराना र पाका नेताहरूको भीडमा एक २९ वर्षीया युवा इन्जिनियरको उम्मेदवारीले धेरैको ध्यान खिचेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट ‘महिला खुला क्लस्टर’ तर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएर इन्जिनियर एलिसा गौतमले राजनीतिमा युवा हस्तक्षेपको शंखघोष गरेकी छन् ।
झापा स्थायी घर भएकी एलिसा जारी महाधिवेशनमा केन्द्रीय सदस्यका लागि भिड्ने सबैभन्दा कान्छी उम्मेदवार (२९ वर्ष) हुन् । पेसाले आर्किटेक्ट इन्जिनियर र अर्बन प्लानर रहेकी गौतम प्राविधिक क्षमता र राजनीतिक संगठन दुवैमा अब्बल मानिन्छिन् ।
एलिसाको राजनीतिक यात्रा क्याम्पसको कक्षाकोठाबाट सुरु भएको हो । काठमाडौँ इन्जिनियरिङ कलेजमा अध्ययनरत रहँदा उनी सुरुमा क्याम्पस कमिटी सदस्य र कोषाध्यक्ष भइन्। विद्यार्थी माझ लोकप्रिय गौतम २०७३ सालको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा कोषाध्यक्ष पदमा निर्वाचित भइन्।
विद्यार्थी राजनीतिमा आफूलाई निखार्दै लगेकी उनी अनेरास्ववियु (अखिल) को केन्द्रीय सदस्य हुँदै सचिवालय सदस्यसम्मको जिम्मेवारी सम्हालिसकेकी छन्। अखिलको रचनात्मक विभागको सचिव भएर काम गरिसकेकी एलिसाले अखिलको २३औं महाधिवेशनमा केन्द्रीय सचिव पदमा उम्मेदवारी समेत दिएकी थिइन्।
विद्यार्थी राजनीतिसँगै उनी पेसागत संगठनमा पनि उत्तिकै सक्रिय छिन्। ‘प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसन नेपाल’को झापा जिल्ला कमिटी सदस्यबाट पेसागत राजनीति सुरु गरेकी उनी पिनको केन्द्रीय सदस्य हुँदै हाल सचिवालय सदस्य तथा महिला विभाग प्रमुखको जिम्मेवारीमा छिन्।
राजनीतिमा मात्र नभई एलिसा पढाइमा पनि अब्बल छिन् । आर्किटेक्ट इन्जिनियर रहेकी उनले पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट ‘अर्बन प्लानिङ’मा स्नातकोत्तर गरेकी छन् ।
गौतमले एमालेको नीति निर्माण तहमा प्राविधिक र युवामैत्री दृष्टिकोण स्थापित गर्न आफ्नो उम्मेदवारी रहेको बताएकी छन् । अध्यक्ष ओलीको रोजाइमा परेकी उनी एमालेको केन्द्रीय कमिटीमा ‘कान्छी सदस्य’ को रूपमा इन्ट्री मार्ने योजनामा छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण