तीन वर्षपछि कतारमा नेसनल डे हुने
काठमाडौँ । कतारको संस्कृति मन्त्रालयले आगामी डिसेम्बर १८ तारिख (बिहीबार) दोहा कोर्निस क्षेत्रमा राष्ट्रिय दिवसका दिन परेड आयोजना हुने घोषणा गरेको छ ।
तीन वर्षपछि पुनः हुन लागेको यो परेडले राष्ट्रिय एकता, निष्ठा र गौरवलाई भव्य रूपमा प्रस्तुत गर्नेछ ।
मित्र राष्ट्र देशहरूको चुनौती र गाजा क्षेत्रमा भइरहेको मानवीय सङ्कटका कारण केही समय रोकिएको कतार नेसनल डे परेड यस वर्ष पुनः सुरु हुन लागेको हो ।
उक्त परेडको दिन कतारका राजा अमिर शेख तमिम बिन हमद अल थानीका शब्दबाट प्रेरित राष्ट्रिय दिवसको नारालाई आधार बनाएर आयोजना गरिनेछ, जसले राजा र प्रजा बिचको एकता, समर्पण र राष्ट्रिय गर्व एकतालाई मजबुत बनाउने मन्त्रालयले जनाएको छ ।
संस्कृति मन्त्रालयका अनुसार, राष्ट्रिय परेड कतारको इतिहास, सांस्कृतिक विरासत र पुस्तौँदेखि गर्दै आएको राष्ट्रिय पहिचानको प्रतीक हो ।
यसले देशको प्रगतिमा योगदान दिने पूर्वजहरूको बलिदानलाई स्मरण गर्दै नागरिकहरूमा गर्व, निष्ठा र ऐक्यबद्धताको भावना थप प्रबल बनाउनेछ ।
मन्त्रालयले परेडले पुस्ताबिचको निरन्तरता र देशप्रति प्रतिबद्धताको भावना पुनः जागृत गर्दै कतारलाई सम्मान र प्रतिष्ठातर्फ अघि बढाइराख्ने सन्देश दिने बताएको छ ।
राष्ट्रिय दिवस समारोहमा सवारी साधन सजावटको लागि २० डिसेम्बर सम्म अनुमति दिइएको छ । तर गाडीको रङ परिवर्तन गर्न पाइने छैन ।
अगाडि वा पछाडिको नम्बर प्लेटहरू अस्पष्ट हुने गरी ढाक्ने पाइने छैन । अगाडिको विन्डशिल्ड, पछाडिको विन्डशिल्ड, वा चालकको छेउ र अगाडिको यात्रुको छेउका झ्यालहरूमा रङ्ग लगाउन प्रतिबन्धित गरिएको छ । यद्यपि राष्ट्रिय दिवस समारोहसँग सम्बन्धित स्टिकरहरू र कतारको राष्ट्रिय झन्डा प्रयोग गर्न पाइने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जर्मनीको दुई गोल रद्द, पहिलो हाफमा आइभरी कोस्टको १–० को अग्रता
-
जर्मनीविरुद्ध आइभरी कोस्टलाई १–० को सुरुवाती अग्रता
-
टोरन्टो स्टेडियममा जर्मनी र आइभरी कोस्ट भिड्दै, अघिल्लो चरण प्रवेशको होडमा दुवै टोली
-
नेदरल्याण्ड्सको सानदार जित, स्विडेन ५–१ गोलको फराकिलो अन्तरले स्तब्ध
-
अमेरिका–इरान वार्ताको मध्यस्थता गर्न पाकिस्तानी प्रधानमन्त्री र सेना प्रमुख स्वीजरल्याण्ड जाँदै
-
नेदरल्याण्ड्सको फराकिलो अग्रता कायमै, स्विडेनले खेलमा फर्किने प्रयास गर्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण