एमाले महाधिवेशन : पदम गिरीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी
सोमबार, २९ मङ्सिर २०८२, २१ : ०६
काठमाडौँ । नेकपा एमालेका नेता पदम गिरीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन् । एमालेको ११औँ महाधिवेशनमा उनले खुलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका हुन् ।
सोमबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले भनेका छन्,'नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा मैले खुला तर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएको छु।'
उनले पार्टी, विचार र सङ्गठनप्रतिको प्रतिबद्धतालाई मूल्याङ्कन गर्दै अमूल्य मत र विश्वासको अपेक्षा गरेको बताए ।
गिरीले पार्टी अध्यक्ष केपी शर्मा ओली प्यानलबाट उम्मेदवारी दर्ता गराएका हुन् । मंगलबार नयाँ नेतृत्वका लागि मतदान हुँदैछ ।
अध्यक्षका लागि ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पाेखरेल भिड्ने भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण