शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

जर्मनीको अनलाइन बैङ्क एन–२६ माथि थप प्रतिबन्ध

सोमबार, २९ मङ्सिर २०८२, २३ : ५०
सोमबार, २९ मङ्सिर २०८२

सारांश

  • जर्मनीका नियामकले अनलाइन बैङ्क एन–२६ माथि थप प्रतिबन्ध लगाएका छन्।
  • बाफिनले एन–२६ लाई समस्या समाधान गर्न र प्रगतिको अनुगमन गर्न आदेश दिएको छ।
  • बैंकले प्रशासन सञ्चालन संरचनामा समायोजन गर्ने योजना कार्यान्वयन गरिरहेको छ।

फ्र्याङ्कफर्ट, जर्मनी । जर्मनीका वित्तीय नियामकहरूले सोमबार अनलाइन बैङ्क एन–२६ माथि नयाँ प्रतिबन्धहरू लगाएका छन् । यो ऋणदातालाई प्रभावित गर्न सक्ने पछिल्लो हलचल हो ।

“विशेष गरी जोखिम र गुनासो व्यवस्थापन र ऋण व्यवसायसम्बन्धी उक्त संस्थामा गम्भीर कमजोरीहरू थिए,” वित्तीय संस्थालाई नियमन गर्ने अनुगमनकारी संस्था बाफिनले भनेको छ। बाफिनले गत वर्ष एन–२६ विशेष लेखा परीक्षण गरेको थियो।

बाफिनले एन–२६ लाई समस्याहरू समाधान गर्न कदम चाल्न आदेश दिएको र बैङ्कको प्रगतिको अनुगमन गर्न ‘विशेष प्रतिनिधि’ नियुक्त गरिरहेको बताएको छ।

“बैङ्कलाई नेदरल्यान्ड्समा नयाँ धितो ऋण सञ्चालन गर्नबाट पनि रोकिएको थियो र थप पुँजी राख्न आदेश दिइएको थियो,” नियामक संस्था बाफिनले भनेको छ।

एन–२६ ले एएफपीलाई उपलब्ध गराएको एक विज्ञप्तिमा भनिएको छ, “यो ‘सुपरिवेक्षण अधिकारीहरू र नियुक्त विशेष प्रतिनिधि’ सँग निकट र रचनात्मक छलफलमा छ।”

सन् २०१३ मा स्थापना भएको र २४ देशहरूमा सञ्चालन भएको बैङ्कले प्रशासन सञ्चालन संरचनामा समायोजनजस्ता उपायहरूको साथ योजना कार्यान्वयन गरिरहेको बताएको छ।

यो अनलाइन बैङ्कको लागि पछिल्लो समस्या हो । बैङ्क सन् २०१८ देखि नियामकको मार्ग निर्देशमा रहेको छ । मिडिया अनुसन्धानले यसमा नक्कली परिचयपत्रले खाता खोल्न सम्भव भएको देखाएको थियो ।

त्यसपछि बैङ्कलाई सम्पत्ति शुद्धीकरण विरोधी कार्यमा समस्याको लागि ठुलो जरिवाना लगाइएको थियो।

यी चिन्ताहरूले नियामकहरूलाई यसले स्वीकार गर्न सक्ने नयाँ ग्राहकहरूको सङ्ख्यामा नियन्त्रण गर्न बाध्य पारेको थियो, यद्यपि, यो गत वर्ष हटाइएको थियो।

यस वर्षको सुरुमा कमजोरीहरूको बारेमा चिन्ता बढ्दै जाँदा एन–२६ ले आफ्नो शीर्ष नेतृत्वलाई फेरबदल गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप