पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन नेतृत्वले सन्तुलित भूमिका निर्वाह गर्नुपर्छ : विष्णु पौडेल
मङ्गलबार, ०१ पुस २०८२, ०९ : ३९
सारांश
- एमाले नेता विष्णुप्रसाद पौडेलले पार्टीलाई निर्णायक शक्ति बनाउन नेतृत्वको भूमिका महत्त्वपूर्ण रहेको बताए।
- उनले एमालेको ११औँ महाधिवेशनको नेतृत्व चयनको महत्त्वपूर्ण घडी आएको उल्लेख गरे।
- पौडेलले उपाध्यक्ष पदका लागि आफूलाई मतदान गर्न आग्रह गरे।
काठमाडौँ । नेकपा (एमाले) नेता विष्णुप्रसाद पौडेलले पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन नेतृत्वले सन्तुलित भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्। यति बेला एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको नेतृत्व छनौटको महत्त्वपूर्ण क्षणमा आइपुगेको उनले बताए ।
'हामी यती बेला हाम्रो पार्टी नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको नेतृत्व छनौटको महत्त्वपूर्ण क्षणमा आइपुगेका छौँ,' उन सामाजिक सञ्जालमा लेखेका छन्, 'पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन हाम्रा नीति र कार्यक्रमहरू लाई बलियो, सशक्त, अनुशासित र गतिशील संगठन मार्फत जनतासँग जोडिन नेतृत्वले प्रभावकारी र सन्तुलित भूमिका निर्वाह गर्नु पर्दछ।'
साथै उनले आफूलाई उपाध्यक्ष पदमा उम्मेदवारी जिताउन आग्रह समेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण