‘बोर्डर २’ को टिजर सार्वजनिक
सारांश
- सनी देओलको फिल्म बोर्डर २ को टिजर सार्वजनिक भयो, जसले दर्शकको उत्साह बढायो।
- फिल्म २०२६ को जनवरी २३ मा रिलिज हुनेछ, जुन गणतन्त्र दिवसको अघिल्लो दिन हो।
- यो फिल्म १९९७ को सुपरहिट फिल्म बोर्डरको सिक्वेल हो, जसमा सनी देओलको मुख्य भूमिका छ।
मुम्बई । सनी देओलको बहुप्रतिक्षित फिल्म बोर्डर २ को टिजर अन्ततः सार्वजनिक भएको छ। निर्माण पक्षले विजय दिवसको अवसर पारेर मंगलबार टिजर रिलिज गरेको हो।
टिजर सार्वजनिक गर्नुअघि नै मेकर्सले पोस्टर जारी गर्दै यसबारे जानकारी दिएका थिए। सो पोस्टरमा सनी देओल, दिलजीत दोसांझ, वरुण धवन र अहान शेट्टी एकै फ्रेममा देखिएका थिए। टिजर सार्वजनिक भएसँगै दर्शकहरूको उत्साह बढेको छ। सामाजिक सञ्जालमा टिजरका बारेमा प्रतिक्रियाहरू आउन थालेका छन्।
बोर्डर २ दर्शकले सन् २०२६ को जनवरी २३ मा सिनेमाघरहरूमा हेर्न पाउनेछन्। यो फिल्म गणतन्त्र दिवसभन्दा ठिक तीन दिनअघि रिलिज हुँदैछ।
यो फिल्मलाई भूषण कुमार, कृष्ण कुमार, जेपी दत्ता र निधि दत्ताले निर्माण गरेका छन् भने यसको निर्देशन अनुराग सिंहले गरेका छन्। 'बोर्डर २' सन् १९९७ को सुपरहिट फिल्म ‘बोर्डर’ को सिक्वेल हो, जसमा सनी देओल, अक्षय खन्ना, सुनील शेट्टी, राखी, पूजा भट्ट, ज्याकी श्राफ लगायतका कलाकारहरूको अभिनय थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण