मोर्चाका दलहरू एकताका लागि गृहकार्यमा सक्रिय हुँदा जनमत पार्टी मौन
सारांश
- लोसपाले जसपासँग एकताका लागि गृहकार्य सुरु गरेको छ, जसपा नेताका अनुसार चुनावअघि नै एकता हुने सम्भावना छ।
- लोसपा, तमलोपा र जप्रपाबीच एकता भइसकेको छ, र अब लोसपा र जसपाबीच एकताको प्रयास भइरहेको छ।
- जनमत पार्टी भने कुनै दलसँग एकता गर्ने पक्षमा देखिएको छैन, र एक्लै चुनावमा भाग लिने तयारी गरेको छ।
काठमाडौँ । जनता प्रगतिशील पार्टी नेपाल र तराई मधेस लोकतान्त्रिक पार्टीसँग एकताका लागि सहमति गरेको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले जनता समाजवादी पार्टी नेपाल (जसपा)सँग एकताका लागि गृहकार्य अगाडि बढाएको छ ।
जसपा नेपाल र लोसपा नेपालबिच चुनावअघि एकता हुने गरी छलफल अगाडि बढेको जसपा नेपालका एक नेताले बताए । दुई दलको बिचमा एकताका लागि सैद्धान्तिक सहमति भइसकेको बताउँदै उनले दुई दलको बिचमा थप कुराकानीहरू भइरहेको बताए ।
संयुक्त लोकतान्त्रिक मोर्चामा रहेका दलहरूको बिचमा एकता हुनुपर्ने सैद्धान्तिक छलफल भएको थियो । तर सबै दलसँग एकता सम्भव नहुने र जुन जुन दलको बिचमा सहमति बन्छ ती दलहरूले एकता गर्दै जानुपर्ने सहमति भएको थियो । सो सहमति अनुसार लोसपा, तमलोपा, जप्रपाबिच एकता हुने सहमति भइसकेको छ भने अब लोसपा र जसपाको बिचमा एकताका लागि गृहकार्य सुरु भएको छ ।
उता, मोर्चामा रहेका दल राष्ट्रिय मुक्ति पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनता समाजवादी पार्टीबिच एउटै चुनाव चिन्ह लिएर अगामी निर्वाचनमा भाग लिने गरी सहमति गरिसकेका छन् । अशोक राई नेतृत्व जसपा लोकतान्त्रिक मोर्चामा छैन ।
तर, डा.सीके राउत नेतृत्वको जनमत पार्टी हालसम्म कुनै दलसँग एकता वा कार्यगत एकता गर्ने पक्षमा देखिएको छैन । जनमत पार्टीका नेताहरूले लोकतान्त्रिक मोर्चाकै बैठकमा आफ्नो दल एक्लै चुनावमा भाग लिने भनिसकेका छन् ।
मोर्चामा रहेका अन्य दलहरूको बिचमा एकता र सहकार्यको विषयमा कुराकानी चले पनि जनमत पार्टी यो विषयमा कसैसँग छलफल चलाएको छैन ।
जसपा नेपालका महासचिव रामकुमार शर्माले लोकतान्त्रिक मोर्चाको सैद्धान्तिक सहमति नै एक अर्कासँग सहकार्य र एकता गरेर अगाडि बढ्ने रहेको बताए । लोसपा र जसपा नेपालबिच एकताका लागि सकारात्मक रूपमा छलफल अगाडि बढेको बताए ।
लोसपा नेपालका महासचिव मनिष मिश्रले पनि दुई दल बिचको एकता प्रक्रिया सकारात्मक रूपमा अगाडि बढेको बताउँदै केही दिनमै त्यसको परिणाम देखिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण