एमाले सचिवमा यामलाल कँडेललाई जिताउन सामूहिक अपिल
सुर्खेत । नेकपा (एमाले) को जारी ११औँ राष्ट्रिय महाधिवेशनमा सचिव पदका उम्मेदवार एवं कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलको पक्षमा कर्णालीको सिङ्गो पार्टी पङ्क्ति उभिएको छ ।
कँडेललाई सचिव पदमा विजयी गराउन एमाले कर्णाली प्रदेश कमिटीका अध्यक्षसहित १० वटै जिल्लाका पार्टी अध्यक्षहरूले सामूहिक अपिल जारी गरेका छन् ।
नेता कँडेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीको टिमबाट सचिव पदमा उम्मेदवारी दर्ता गराएका हुन् । महाधिवेशन स्थलबाट जारी गरिएको संयुक्त अपिलमा भनिएको छ, ‘मुलुकको विषम परिस्थितिको ध्यान दिँदै पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन, अनुशासित र गतिशील सङ्गठन मार्फत जनतासँग जोडिन प्रभावकारी र सन्तुलित नेतृत्व छनौट हुनुपर्दछ ।’
नेताहरूले महाधिवेशनले पार्टीलाई एकताबद्ध बनाउन लोकतान्त्रिक प्रक्रिया आत्मसाथ गरेको भन्दै कँडेललाई पार्टीको अनुभवी, निष्ठावान् तथा जुझारु नेताको रूपमा चित्रण गरेका छन् ।
अपिलमा भनिएको छ, ‘पार्टीको नीति र मूल नेतृत्व सहित सचिव पदका उम्मेदवार कमरेड यामलाल कँडेललाई मतदान गर्न महाधिवेशन प्रतिनिधिहरूलाई सादर अपिल गर्दछौँ ।’
अहिलेसम्म एमालेको केन्द्रीय पदाधिकारीमा स्थान नपाएको कर्णालीले यो पटक सचिवमा उम्मेदवारी दर्ता गराएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुरमा विश्वकप फुटबलको फाइनल हेर्ने क्रममा कुटाकुट, एक जनाको मृत्यु
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
-
बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण