सरकार र नागरिक बचाउ महाअभियानबिचको वार्ता सकारात्मक
सारांश
- सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सौहार्दपूर्ण वातावरणमा सम्पन्न भयो।
- दुवै पक्षले आ-आफ्ना कुरा सौहार्दपूर्ण रूपमा राखे र आन्तरिक गृहकार्य गरी निरन्तरता दिने सहमति भयो।
- महाअभियानले उठाएका मागहरूको समाधानका लागि चरणबद्ध वार्ता र संवाद गर्ने सहमति बन्यो।
काठमाडौँ । सरकारद्धारा गठित वार्ता समिति र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानबिचको वार्ता सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज साँझ सम्पन्न वार्ता फलदायी भएको सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चारमन्त्री प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।
सञ्चारमन्त्री खरेलले भने,“सरकार र नागरिक बचाउ महाअभियानबिचको सौहार्दपूर्ण वातावरणमा सकारात्मक कुराकानी भएको छ । दुवैतर्फबाट आ–आफ्ना कुराकानी सौहार्दपूर्ण ढङ्गले राखियो । आन्तरिक गृहकार्य गर्दै यसलाई निरन्तरता दिने र सम्बोधन गर्दै जाने प्रारम्भिक समझदारी बनेको छ ।”
अभियानका केन्द्रीय प्रेमदिप लिम्बुले वार्तामा सकारात्मक र सौहार्दपूर्ण वातावरण कुराकानी भएको बताए ।
आन्तरिक गृहकार्य गरेर चरणबद्ध वार्ता र संवादको माध्यमबाट महाअभियानले उठाएको मागहरूको समाधान गरेर अगाडि बढ्ने सहमति भएको उनले जानकारी दिए ।
वार्तामा सरकारकातर्फबाट सञ्चारमन्त्री जगदीश खरेल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल, जनसम्पर्क सल्लाहकार गोविन्दनारायण तिमिल्सिना तथा नागरिक बचाउ अभियानबाट सचिव प्रेमदिप लिम्बुको नेतृत्वमा देवीप्रसाद सङ्ग्रौला र प्रेम थापामगर सहभागी थिए । अधिवक्ताद्वय विनोदमणि भट्टराई र लवण न्यौपानेले वार्ताको सहजीकरण गरेका हुन् ।
आजको वार्ताको निचोडपछि अभियानका संयोजक दुर्गा प्रसाईँसहितको टोलीले प्रधानमन्त्री सुशीला कार्कीसँग वार्ता गर्ने जनाइएको छ ।
सरकारले निर्वाचनका साथै राजनीतिक वातावरण बनाएर सहज रूपमा निर्वाचन सम्पन्न गर्नका लागि वार्ता र संवाद गरिरहेको हो ।
सरकारले विभिन्न राजनीतिक दल र सरोकारवालासँग वार्ता गर्न केहिदिनअघि उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गरेको थियो ।
कानुनमन्त्री अनिल सिंहाको संयोजकत्वमा गठित समितिमा सञ्चारमन्त्री खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल रहेका छन् ।
उक्त समिति अन्तर्गत राजनीतिक दल र विभिन्न पक्षहरूसँग वार्ता गर्न सञ्चारमन्त्री खरेलको संयोजकत्वमा आन्तरिक सहजीकरण तथा समस्या समाधान समिति गठन गरिएको थियो । सोही समितिले आज महाअभियानका टोलीसँग वार्ता गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण