एमाले महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान सुरु
सारांश
- नेकपा एमालेको ११औँ महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान सुरु भएको छ।
- अध्यक्षका प्रत्यासी केपी शर्मा ओली र इश्वर पोखरेलले पहिलो मतदान गरे।
- मतदान प्रक्रिया महाधिवेशनमा सुरु भएको हो।
काठमाडौँ । नेकपा एमालेको ११ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । अध्यक्षका प्रत्यासी केपी शर्मा ओली र इश्वर पोखरेलले पहिलो मतदान गर्दै मतदान प्रक्रिया सुरु भएको हो ।
बिहान ८ बजेदेखि सुरु हुने भनिएको मतदान डेढ घण्टा ढिलो गरी सुरु भएको हो । मतदानका लागि नेता कार्यकर्ताको लामो लाइन लागेको छ ।
यसअघि मङ्गलवार नै मतदान गर्ने कार्यतालिका रहे पनि प्राविधिक समस्याका कारण आज मात्र मतदान भएको हो । मङ्गलवार साँझ मतदाताहरू मतदान हुने आशामा लाइनमै बसे पनि राति ८ बजे भोलि मतदान हुने भन्दै फर्काइएको थियो ।

देशभरबाट आएका २ हजार २६३ जना प्रतिनिधिले अध्यक्षदेखि केन्द्रीय सदस्यसम्मका पदहरूका लागि मत हाल्नेछन् । अध्यक्ष पदमा वर्तमान अध्यक्ष ओली र वरिष्ठ उपाध्यक्ष पोखरेलबिच प्रतिस्पर्धा हुनेछ । दुवै पक्षले आफ्नो प्यानलसहित चुनावी मैदानमा उत्रिएकाले मतदान स्थल वरपर समर्थकहरूको नारा र भोट माग्ने क्रियाकलापले चुनावी माहौल तातेको छ ।

मतदान सकिएलगत्तै मतगणना सुरु हुने र परिणाम छिट्टै सार्वजनिक हुने पार्टी बताइएको छ । महाधिवेशनले पार्टीको सङ्गठन सुदृढीकरण र भावी रणनीतिलाई केन्द्रमा राखेर नयाँ नेतृत्व चयन गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण