टनकपुर ब्यारेजबाट छिट्टै पानी पाउनेमा विश्वस्त छौँ : ऊर्जामन्त्री घिसिङ
सारांश
- ऊर्जा मन्त्री कुलमान घिसिङले कञ्चनपुरको टनकपुर ब्यारेजबाट पानी छोड्न भारतसँग समन्वय भइरहेको बताए।
- नेपाल-भारतबीचको महाकाली सन्धिअनुसार हिउँदमा ३०० र वर्षामा १००० क्युसेक पानी पाउने व्यवस्था छ।
- सिँचाइ सुविधाका लागि ९ अर्ब लगानी भइसक्दा पनि पानी सञ्चालन नहुँदा स्थानीय स्तरमा आलोचना भइरहेको छ।
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले कञ्चनपुरको टनकपुर ब्यारेजबाट नेपालतर्फ सिँचाइ सुविधाका लागि नहरमा पानी छोड्न भारतसँग आवश्यक पहल र समन्वय भइरहेको बताएका छन् ।
राष्ट्रिय गौरबको महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत कञ्चनपुरको ब्रह्देवस्थित टनकपुर ब्यारेजको बुधवार बिहान निरीक्षण गर्दै मन्त्री घिसिङले यस्तो बताएका हुन् ।
उनले नेपालतर्फ पानी छोड्ने विषयमा भारतीय पक्षसँग दुई देशका संयन्त्र एवम् द्विपक्षीय भेटमा निरन्तरता छलफल गरिनुका साथै पत्राचारसमेत भइरहेको उल्लेख गरे । कञ्चनपुरका सुख्खाग्रस्त करिब पाँच हजार हेक्टर जमिनमा तत्काल सिँचाइ सुविधा उपलब्ध गराउन नेपालतर्फ मुख्य नहर र शाखा तथा प्रशाखा नहर बनिसकेकाले भारतका तर्फबाट पानी छोड्ने निर्णय आउने विश्वास व्यक्त गरे ।
नेपाल-भारतबिच एकीकृत महाकाली सन्धिअनुरुप नेपालले हिउँद याममा तीन सय क्युसेक र वर्षा याममा एक हजार क्युसेक पानी पाउने व्यवस्था रहेको छ ।
सन्धि बमोजिम पानी उपयोगिता गरी सिँचाइ सुविधा उपलब्ध गराउन संरचना बनिसकेका छन् । करिब ९ अर्ब लगानी भइसक्दा पनि प्रतिफल पाउन नसकेको भन्दै स्थानीय रुपमा सो आयोजनका काम कारबाहीबारे आलोचना हुने गरेको छ । पानी सञ्चालन नभएकाले निर्मित संरचना बिग्रिन थालेको आयोजनाले जनाएको छ ।
महाकाली सिँचाइ आयोजनामार्फत सतह सिँचाइबाट २८ हजार, भूमिगत सिँचाइबाट ५ हजार गरी ३३ हजार हेक्टर क्षेत्रमा दिगो सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य रहेको छ । आयोजनाको कूल अनुमानित लागत ३५ अर्ब रुपैयाँ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण