अमर न्यौपानेको कृति 'सेतो धरती' नाटकमा मञ्चन हुँदै
सारांश
- चर्चित कृति 'सेतो धरती' अब नाटकमा मञ्चन हुने भएको छ।
- कान्तिपुर थिएटरले मदन पुरस्कार विजेता कृतिलाई नाटकमा रूपान्तरण गर्दैछ।
- नाटकका निर्देशक, कलाकार र मञ्चन मिति भने फाइनल हुन बाँकी छ।
काठमाडौँ । नेपाली साहित्यको चर्चित कृति 'सेतो धरती' अब नाटकमा हेर्न पाइनेछ । मदन पुरस्कार समेत विजेता यो कृतिलाई ‘कान्तिपुर थिएटर’ले नाटकमा मञ्चन गर्न लागेको हो ।
थियटरले आफ्नो चौथो प्रस्तुतिको रूपमा यो नाटक मञ्चन गर्न लागेको हो । ‘मीरा’बाट नाटक मञ्चन सुरु गरेको थियटरले ‘शिरीषको फूल’ र ‘महारानीको जात्रा’ मञ्चन गरिसकेको छ ।
‘सेतो धरती’का लेखक अमर न्यौपानेसँग अनुमति लिएर आफूले यसलाई नाट्य रूपान्तर गर्न लागेको कान्तिपुर थिएटरका सिइयो प्रकाश पुरीले बताए । नाटकका लागि पुस्तक भित्रको उपयुक्त अंस सहित लेखकसँग महत्त्वपूर्ण सुझाव समेत प्राप्त गरेको पुरीको भनाइ छ ।
‘सेतो धरती’ एकदमै चर्चित र सर्वाधिक बिक्री भएको पुस्तक पनि हो’, पुरीले भने ‘त्यसका पाठकलाई यो भिजुअलमा आउँदा यस्तो देखिँदो रहेछ भनेर देखाउन पनि हामीले मञ्चन गर्न लागेका हौ ।’ ‘सेतो धरती’को नाट्य रूपान्तर भइरहेकोले उनले सुनाए ।
पुरीका अनुसार नाटकका निर्देशक, कलाकार र मञ्चन मिति भने फाइनल हुन बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
-
डा. देवेन्द्रराज पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो : राष्ट्रपति पौडेल
-
ट्रम्पले ५० प्रतिशत नयाँ ट्यारिफ लगाएपछि वार्ताका लागि तयार भयो क्यानडा
-
रहेनन् दुई पटकका बेलोन डे'ओर विजेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण