बैंकिङ कसुरमा ३६ लाख जरिवाना ठहर भएका प्रतिवादी पक्राउ
बुधबार, ०२ पुस २०८२, १३ : १०
सारांश
- प्रहरीले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी मनोहरलाल श्रेष्ठलाई स्वयम्भुबाट पक्राउ गरेको छ।
- काठमाडौं जिल्ला अदालतले श्रेष्ठलाई ३६ लाख जरिवाना र ५ दिन कैदको फैसला गरेको थियो।
- पक्राउ परेका श्रेष्ठ विरुद्ध अन्य पाँचवटा मुद्दा पनि रहेको प्रहरीले जनाएको छ।
काठमाडौं । बैकिङ कसुर मुद्दामा ३६ लाख जरिवाना ठहर भएका प्रतिवादीलाई प्रहरीले काठमाडौंको स्वयम्भुबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२१ सेतोवहाल घर भएर अहिले भोटेबहाल बस्ने ४१ वर्षीय मनोहरलाल श्रेष्ठ छन् ।
काठमाडौं जिल्ला अदालतले २०८१ असारमा उनीविरुद्ध ५ दिन कैद र ३६ लाख जरिवाना हुने फैसला गरेको थियो । उनलाई स्वयम्भुबाट पक्राउ गरेर अदालतमा उपस्थित गराइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले रातोपाटीलाई बताए । अदालतको आदेशले उनलाई कारागार चलान गरिएको छ ।
श्रेष्ठ विरुद्ध प्रहरी वृत्त दरबारमार्गबाट चलेको बैंकिङ कसुर बाहेक अरु पाँचवटा मुद्दा चलेको प्रहरीको अपराध रेकर्ड सिस्टममा देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण