लगातार तेस्रो दिन बढ्यो सेयर बजार, कारोबार ४ अर्ब माथि
काठमाडौँ । सेयर बजार परिसूचक लगातार तेस्रो दिन बढेको छ । साताको चौथो दिन बुधबार परिसूचक ५.७० अङ्कले बढेको हो । योसँगै बजार परिसूचक २६२५.७० अङ्कमा पुगेको छ ।
यसअघि अघिल्ला दुई कारोबार दिनमा समेत बजार बढेर बन्द भएका थिए । मंगलबार बजार १८.३७ अङ्कले बढेको थियो भने सोमबार बजार ६.७४ अङ्कले बढेको थियो ।
आज बजारमा ४ अर्ब ५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । बजारमा १४३ कम्पनीको मूल्य बढ्दा १०५ कम्पनीको मूल्य घटेको छ । ११ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज बजारमा होटल, निर्जीवन बीमा र ट्रेडिङमा गिरावट आउँदा बाँकी समूहका सूचक बढेका छन् । फाइनान्स समूहमा सबैभन्दा धेरै १.७५ प्रतिशत वृद्धि देखिएको छ ।
आज बजारमा स्वस्तिक लघुवित्त र एसवाई प्यानलमा सकारात्मक सर्किट ब्रेकर लागेको छ । बाराही हाइड्रोपावरको मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
आज युनियन हाइड्रोपावरमा सर्वाधिक २२ करोड ७८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार हुने सेयर सङ्ख्याका आधारमा सोही कम्पनी अगाडि रहँदा कारोबार सङ्ख्याको आधारमा श्रीनगर एग्रिटेक इन्डष्ट्रिज अगाडि देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण