पाँच महिना बित्दा २५ बैंक तथा वित्तीय संस्थाले मात्रै बोलाए साधारणसभा
काठमाडौँ । आर्थिक वर्षको पहिलो पाँच महिना सकिँदा सञ्चालनमा रहेका दुई दर्जन बैंक तथा वित्तीय संस्थाले मात्रै साधारणसभा बोलाएका छन् ।
सञ्चालनमा रहेका ५४ बैंक तथा वित्तीय संस्थामध्ये २४ वटाले मात्रै वार्षिक साधारणसभा बोलाएका हुन् । हाल २० वटा वाणिज्य बैंक, १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनी सञ्चालनमा रहेका छन् ।
वाणिज्य बैंकमध्ये अहिलेसम्म १२ वटाले साधारणसभा बोलाएका छन् । यसमध्ये ८ वटाको साधारणसभा सम्पन्न हुँदा बाँकी दुई वटाको साधारणसभा हुन बाँकी छ ।
हालसम्म सिद्धार्थ बैंक, माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, सिटिजन्स बैंक, कृषि विकास बैंक, सानिमा बैंक र ग्लोबल आईएमई बैंकले साधारणसभा सम्पन्न गरिसकेका छन् भने नेपाल एसबीआई बैंक र लक्ष्मी सनराइज बैंकको साधारणसभाको मिति घोषणा गरिएको छ ।
त्यस्तै, विकास बैंकमध्ये मितेरी विकास बैंक, गरिमा विकास बैंक, मुक्तिनाथ विकास बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक र कामना सेवा विकास बैंक रहेका छन् । सांग्रीला डेभलपमेन्ट बैंक र महालक्ष्मी विकास बैंकको साधारणसभा हुन बाँकी रहेको छ ।
फाइनान्स कम्पनीतर्फ तीन कम्पनीको मात्रै साधारण तय भएको छ । यसमध्ये आईसीएफसी फाइनान्स र मञ्जुश्री फाइनान्सको साधारणसभा सम्पन्न भइसकेको छ । जानकी फाइनान्सले साधारणसभा बोलाए पनि सम्पन्न भइसकेको छैन ।
लघुवित्त संस्था साधारणसभाको मामिलामा झनै कमजोर देखिएका छन् । हालसम्म तीन कम्पनीको साधारणसभा सम्पन्न हुँदा थप २ कम्पनीले साधारणसभा बोलाएका छन् ।
यसरी साधारणसभा सम्पन्न भएका कम्पनीहरूमा आरएसडीसी लघुवित्त, सपोर्ट माइक्रोफाइनान्स र गुराँस लघुवित्त वित्तीय संस्था रहेका छन् ।
साना किसान विकास लघुवित्त र आशा लघुवित्तले साधारणसभा बोलाएका छन् । अहिले बजारमा ४९ वटा सूचीकृत लघुवित्त वित्तीय संस्था रहेका छन् ।
पूर्वाधार विकास बैंकको साधारणसभा सम्पन्न भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण