प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट
बुधबार, ०२ पुस २०८२, १६ : २६
काठमाडाैँ । नेपालका लागि चीनका राजदूत चेन सोङले अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेट गरेका छन् । बुधवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा भेट भएको हो । भेटका क्रममा दुवै पक्षले नेपाल–चीनबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल गरेका छन् ।
राजदूत चेन सोङले नेपालको विकास र समृद्धिमा चीनको निरन्तर सहयोग रहने प्रतिवद्धता व्यक्त गर्दै दुई देशबिचको ऐतिहासिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने बताए । यो भेटले दुई छिमेकी राष्ट्रबिचको द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ । –न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण