अनलाइन माध्यमबाट १ महिनामा २ करोड ७९ लाख ठगीको उजुरी
बुधबार, ०२ पुस २०८२, २१ : ४२
सारांश
- काठमाडौँमा एक महिनामा अनलाइन ठगीबाट २ करोड ७९ लाख ३० हजार ठगी भएको उजुरी दर्ता भएको छ।
- सामान खरिद, बैंक खाता पहुँच, र वैदेशिक रोजगारीको प्रलोभन देखाएर ५४ जना ठगिएका छन्।
- साइबर ठगी र चरित्र हत्याको आरोपमा एक महिनामा १४४ उजुरी परेका छन्।
काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँमा पछिल्लो १ महिनामा अनलाइन माध्यमबाट २ करोड ७९ लाख ३० हजार ठगी भएको उजुरी परेको छ । मङ्सिर महिनामा साइबर माध्यमको प्रयोग गरेर सो रकम ठगी भएको र चरित्र हत्या गरिएको सम्बन्धी उजुरी आएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए ।
अनलाइन माध्यमबाट सामान खरिद गर्दा ठगिएको भन्दै ५४ जनाले उजुरी दिएका छन् । बैंक खातामा अनधिकृत पहुँच राखेर, वैदेशिक रोजगारीमा पठाउँछु भनेर तथा रकम डबल हुन्छ भनेर आरोपीहरूले अनलाइनको माध्यमबाट नै ठगी धन्दा चलाउने गरेका छन् ।
विद्युतीय माध्यमबाट ठगी र चरित्रहत्या भएको भन्दै एक महिनामा १४४ जनाले उजुरी दिएको एसपी भट्टराईले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण