बन्दीपुर केवलकार र लेमन ट्री होटल्सबिच सम्झौता
सारांश
- बन्दीपुर केवलकार र लेमन ट्री होटल्सबीच १५ वर्षको लागि सम्झौता भएको छ।
- सम्झौताले नेपालको पर्यटन क्षेत्रलाई विश्वमा चिनाउन मद्दत गर्नेछ।
- होटल अब ‘लेमन ट्री होटल्स’ ब्राण्डको नेटवर्कका रूपमा सञ्चालन हुनेछ।
काठमाडौँ । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेड र भारतको अग्रणी तथा अन्तर्राष्ट्रियस्तरमा स्थापित होटल लेमन ट्री होटल्स लिमिटेडबिच होटल सञ्चालनको लागि १५ वर्षे फ्रेन्चाइजी तथा व्यवस्थापन सम्झौता भएको छ ।
बन्दीपुर केवलकारको तर्फबाट इन्जिनियर विष्णु पन्थी र लेमन ट्रीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विलास पवारले बुधबार यहाँ आयोजित समारोहमा सम्झौतामा हस्ताक्षर गरे ।
कार्यक्रममा बन्दीपुर केवलकारका अध्यक्ष रामचन्द्र शर्मा, बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको तर्फबाट इ पन्थी र लेमन ट्री होटल्सका प्रमुख कार्यकारी अधिकृत पवार, आरकेडीका कार्यकारी समन्वय अधिकृत वसन्त शर्मा, बन्दीपुर केवलकारका प्रमुख कार्यकारी अधिकृत डा रोमनमान श्रेष्ठले सम्झौताले नेपालको पर्यटन क्षेत्रलाई विश्वमा चिनाउने र नेपाललाई पर्यटनको गन्तव्यका रूपमा विकास गर्न सघाउ पुग्ने बताए।
सम्झौताअनुसार बन्दीपुरस्थित होटल अब ‘लेमन ट्री होटल्स’ ब्राण्डको नेटवर्कका रूपमा सञ्चालनमा आउनेछ । यसले होटलको व्यवस्थापन, ब्राण्ड मान्यता, अन्तर्राष्ट्रिय बजारीकरण, सेवा विस्तार, गुणस्तर नियन्त्रण, मानव संसाधन विकास तथा वैश्विक आरक्षण प्रणालीमा पहुँच सुनिश्चित गर्नेछ । यसले लगानीकर्ताको विश्वास बढाउने, बजारमा कम्पनीको विश्वसनीयता वृद्धि गर्ने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
-
उत्तर कोरियाको आणविक दौड तीव्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण