रौतहटका चारै क्षेत्रबाट जसपा नेपालमा एकल सिफारिस
बिहीबार, ०३ पुस २०८२, ०९ : ४४
सारांश
- जसपा नेपालले रौतहटको चारै क्षेत्रबाट आगामी निर्वाचनका लागि एकल सिफारिस गरेको छ।
- क्षेत्र १ बाट योगेन्द्र यादव, क्षेत्र २ बाट राम आशिष यादव, क्षेत्र ३ बाट गोविन्द चौधरी र क्षेत्र ४ बाट राजकुमार दास सिफारिस भए।
- नेता र कार्यकर्ताका अनुसार लामो अनुभव, संगठन क्षमता र जनतासँगको सम्बन्धका आधारमा एकल नाम सिफारिस गरिएको हो।
रौतहट । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रौतहटको चारै क्षेत्रबाट जसपा नेपालले एकल सिफारिस गरिएको छ ।
क्षेत्र १ बाट प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष उम्मेदवारका रूपमा पूर्व मन्त्री योगेन्द्र यादव, क्षेत्र नम्बर २ बाट जिल्ला समन्वय समिति रौतहटका पूर्व उपसभापति राम आशिष (वसिष्ठ) यादव, क्षेत्र नम्बर ३ बाट पूर्वमन्त्री गोविन्द चौधरी र क्षेत्र नम्बर ४ बाट जसपाका केन्द्रीय सल्लाहकार समिति सदस्य राजकुमार दास सिफारिस भएका हुन् ।
क्षेत्रीय भेलामा सहभागी नेता–कार्यकर्ताहरूका अनुसार लामो राजनीतिक अनुभव, बलियो सङ्गठन क्षमता र जनतासँगको नजिकको सम्बन्धका आधारमा चारैजनाको एकल नाम सिफारिस गरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खाता बन्द भएपछि पनि सरकारी कोषबाट कसरी खर्चिइयो १८ अर्ब ?
-
सबै पुराना स्मार्ट लाइसेन्सको छपाइ सम्पन्न, नयाँ २४ घण्टाभित्रै
-
अर्जेन्टिनाको ‘म्याजिकल’ कमब्याक शृंखला, इङ्ल्यान्डले कस्तो गल्ती गर्यो ? (भिडियो)
-
अब हाम्रो नेतृत्वको सरकारले सुशासन र समृद्धिको जग बसाल्छः खगराज भट्ट
-
कमेडी शो ‘लुरे बुढा, भुँडे बुढी’ लिएर आउँदै इकु र स्नेहा
-
किन एकपछि अर्को गर्दै एक्लिँदै छ नेकपा एमाले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण