कांग्रेस महाधिवेशनमा पेसागत सङ्घ संस्थालाई पूर्ण प्रतिनिधित्व दिन माग
सारांश
- नेपाली कांग्रेसको महाधिवेशनमा शुभेच्छुक संस्थाका प्रतिनिधिलाई उम्मेदवारी दिन पाउने अधिकारको माग उठेको छ।
- नेपाल प्रेस युनियनको बैठकमा सहभागीहरूले कांग्रेसले पेशागत संघसंस्थाहरूलाई नीति निर्माणमा महत्व नदिएको गुनासो गरे।
- बैठकमा सहभागीहरूले मतदानको अधिकार भए पनि उम्मेदवारी दिन नपाउने व्यवस्था लोकतान्त्रिक नभएको बताए।
काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा शुभेच्छुक संस्थाका प्रतिनिधिलाई मतदानको अधिकार मात्र नदिई उम्मेदवारी दिने पूर्ण अधिकारसहितको महाधिवेशन प्रतिनिधि बनाउनुपर्ने माग उठेको छ।
नेपाल प्रेस युनियनले बिहीबार आयोजना गरेको बैठकमा लोकतन्त्रप्रति आस्थावान पेसागत सङ्घ–संस्थाका प्रतिनिधिहरूले कांग्रेसले यस्ता संस्थालाई नीति निर्माणमा उचित महत्त्व नदिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
बैठकमा सहभागीहरूले कांग्रेसलाई नेपालको लोकतन्त्रको ‘च्याम्पियन’ मानिए पनि व्यवहारमा पेसागत सङ्घ–संस्थालाई ‘थिंक ट्यांक’ को रूपमा समावेश नगरेको आरोप लगाए। उनीहरूले पार्टीले यस्ता संस्थालाई सदैव शुभेच्छुक र मतदाता मात्र ठानेको तथा महाधिवेशनमा मतदानको अधिकार दिएर उम्मेदवारीबाट वञ्चित गरेको प्रथा लोकतान्त्रिक नभएको तर्क गरे।
‘मतदानको अधिकार हुने तर उम्मेदवारीको अधिकार नहुने प्रावधानले कुनै अर्थ राख्दैन,’ बैठकमा व्यक्त धारणामा भनिएको छ,‘बरु यो प्रावधान अन्त्य गरेर पेसागत सङ्घ–संस्थाको स्वतन्त्रता प्रवर्द्धन गर्नु उचित हुन्छ।’ सहभागीहरूले बुद्धिजीवीहरूको छुट्टै क्लस्टर व्यवस्था गरी केन्द्रीय समितिमा प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने पनि माग गरे।
बैठकपछि नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले सञ्चारकर्मीसँग कांग्रेसले पेसागत विज्ञहरूलाई पार्टी र पार्टीले पाउने पदमा उचित प्राथमिकता दिनुपर्ने विषय उठेको जानकारी दिए ।
बैठकमा डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) का अध्यक्ष सिताराम केसी, प्रजातन्त्रवादी चिकित्सक सङ्घका अध्यक्ष डा. अनिलविक्रम कार्की, सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) का रविभूषण झा, प्रजातन्त्रवादी प्राध्यापक सङ्घका अध्यक्ष जगत तिमिल्सिना र नेपाल शिक्षक सङ्घका अध्यक्ष सोमनाथ गिरीको सहभागी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण