सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
एमाले महाधिवेशन

एमालेका केन्द्रीय पदाधिकारी : कुन प्रदेशबाट कति ?

बिहीबार, ०३ पुस २०८२, १४ : १६
बिहीबार, ०३ पुस २०८२

सारांश

  • एमालेको केन्द्रीय पदाधिकारीमा कोशी प्रदेशको वर्चस्व कायम भएको छ, जसमा ५ प्रतिनिधि निर्वाचित भएका छन्।
  • निर्वाचनमा मधेसबाट १, बाग्मतीबाट ४, गण्डकीबाट ३, लुम्बिनीबाट ४, कर्णालीबाट १ र सुदूरपश्चिमबाट १ जना निर्वाचित भए।
  • केपी शर्मा ओली अध्यक्षमा निर्वाचित हुँदा योगेश भट्टराई उपमहासचिव बनेका छन्।

काठमाडौँ । नेकपा एमालेका केन्द्रीय पदाधिकारीमा कोशी प्रदेशको वर्चस्व देखिएको छ । दशौँ महाधिवेशन अन्तर्गत बुधवार र बिहीबार भएको निर्वाचनको अन्तिम मतपरिणाम आइपुग्दा १९ पदाधिकारीमध्ये अध्यक्षसहित ५ प्रतिनिधि निर्वाचित गर्दै कोशी प्रदेशले वर्चस्व कायम गरेको हो ।

त्यस्तै, मधेसबाट १ जना, बाग्मतीबाट ४ जना, गण्डकीबाट ३ जना, लुम्बिनीबाट ४ जना, कर्णालीबाट १ जना र सुदूरपश्चिमबाट १ जना निर्वाचित भएका छन् । 

यस्तो छ निर्वाचित पदाधिकारीको क्षेत्रगत अवस्था

कोशी प्रदेश 

१. केपी शर्मा ओली (अध्यक्ष)– झापा

२. योगेश भट्टराई (उपमहासचिव)– ताप्लेजुङ

३. शेरधन राई (सचिव)– भोजपुर

४. हिक्मतकुमार कार्की (सचिव)– झापा

५. भानुभक्त ढकाल (सचिव)– मोरङ

मधेस प्रदेश 

१. रघुवीर महासेठ (उपमहासचिव)– धनुषा

बाग्मती प्रदेश 

१. रामबहादुर थापा बादल (उपाध्यक्ष)– चितवन

२. रघुजी पन्त (उपाध्यक्ष)– काठमाडौँ

३. महेश बस्नेत (सचिव)– भक्तपुर

४. राजन भट्टराई (सचिव)– काठमाडौँ

गण्डकी प्रदेश  

१.पृथ्वीसुब्बा गुरुङ (उपाध्यक्ष)– लमजुङ

२. पद्माकुमारी अर्याल (सचिव)– स्याङ्जा

३. खगराज अधिकारी (सचिव)– कास्की

लुम्बिनी प्रदेश 

१. विष्णुप्रसाद पौडेल (उपाध्यक्ष)– रुपन्देही

२. गोकर्णराज विष्ट (उपाध्यक्ष)– गुल्मी

३. शंकर पोख्रेल  (महासचिव)– दाङ

४. छविलाल विश्वकर्मा (सचिव)– रुपन्देही

कर्णाली प्रदेश 

१. यामलाल कँडेल (सचिव)– सुर्खेत

सुदूरपश्चिम प्रदेश 

१. लेखराज भट्ट (उपमहासचिव)– कैलाली

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप