एमाले केन्द्रीय सदस्यमा मकवानपुरबाट ५ जना विजयी
मकवानपुर । नेकपा एमाले मकवानपुरबाट केन्द्रीय सदस्यका लागि दाबी गर्दै चुनावमा होमिएका ५ जनाले जित निकालेका छन् ।
काठमाडौँमा सम्पन्न नेकपा एमाले ११ औँ महाधिवेशनको अन्तिम चुनावी मत परिणाममा केन्द्रीय सदस्यमा भारती पाठक, रामेश्वर राना, महेश बर्तौला, एकालाल श्रेष्ठ र नवीन सिग्देल विजयी भएका हुन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली प्यानलमा रहेका ५ जनालाई निर्वाचनमा जित निकालेका हुन् भने चुनावी प्रतिस्पर्धामा रहेका २ जना पराजित भएका छन् ।
मकवानपुरबाट केन्द्रीय सदस्य पदमा ७ जनाको उम्मेदवारी रहेकोमा कृष्ण दाहाल र देवकृष्ण विक पराजित भएका छन् । पराजित भएका दाहाल र विक ईश्वर पोखरेल प्यानलबाट उम्मेदवारी दिएका थिए । बागमती प्रदेशसभाकी सदस्यसमेत रहेकी पाठकले (महिला) क्लस्टरबाट केन्द्रीय सदस्य पदमा जित निकालेकी हुन् । उनले १ हजार ९१५ मत प्राप्त गरेकी छन् ।
पूर्व सांसद एवम् एमालेका मुख्य सचेतक महेश बर्तौलाले खुला क्लस्टरमा उम्मेदवारी दिएर जित निकालेका छन् । उनले १ हजार ५२९ मत प्राप्त गरेका छन् भने नेकपा एमाले मकवानपुरका इन्चार्ज रानाले बागमती प्रदेश भूगोल तर्फको खुल्ला क्लस्टरमा केन्द्रीय सदस्य पदमा जित निकालेका छन् । उनले १ हजार ४९८ मत प्राप्त गरेका छन् ।
त्यस्तै बागमती प्रदेशसभा सदस्य एकालाल श्रेष्ठले एमाले केन्द्रीय सदस्यमा आदिवासी जनजाति खुल्ला क्लस्टरमा जित निकालेका छन् ।
उनले १ हजार ५०९ मत प्राप्त गरेका छन् भने हेटौँडा–४ का वडा अध्यक्ष समेत रहेका नवीन सिग्देलले केन्द्रीय लेखा आयोग सदस्यमा पदमा जित निकालेका छन् ।
उनले कुल १ हजार ६१४ मत ल्याएर विजयी भएका हुन् । लेखा आयोग सदस्यमा निर्वाचित भएका सिग्देल एमाले मकवानपुरका पूर्व सचिव समेत रहेका छन् ।
यसअघि चितवनमा भएको १० औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्विरोध चुनिएका रामेश्वर राना, भारती पाठक केन्द्रीय सदस्य रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण