शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

एमाले केन्द्रीय सदस्यमा बागमतीका पूर्वसभामुख पराजित

बिहीबार, ०३ पुस २०८२, १७ : ०५
बिहीबार, ०३ पुस २०८२

सारांश

  • एमाले केन्द्रीय सदस्यमा बागमती प्रदेशका पूर्वसभामुख सानुकुमार श्रेष्ठ पराजित भए।
  • अध्यक्ष केपी शर्मा ओली प्यानलबाट प्रतिस्पर्धा गरेका श्रेष्ठ तेस्रो स्थानमा रहे।
  • रामेश्वर फुयाँल, गणेश दुलाल लगायतले सो क्लस्टरमा निर्वाचन जिते।

हेटौँडा ।  एमाले केन्द्रीय सदस्यमा बागमती प्रदेशका पूर्वसभामुख सानुकुमार श्रेष्ठ पराजित भएका छन् । एमाले ११औँ महाधिवेशनमा भूगोल राजधानी विशेष खुलातर्फ प्रतिस्पर्धा गरेका उनी पराजित भएका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली प्यानलबाट प्रतिस्पर्धा गरेका उनी सो क्लस्टरमा आवश्यक ५ सदस्यमध्ये अन्तिम तेस्रो स्थानमा रहेका छन् । चुनावी प्रतिस्पर्धामा रहेका १० जनामध्ये श्रेष्ठले ७३९ मत पाए ।

उक्त क्लस्टरमा बागमती प्रदेशका पूर्वामन्त्री रामेश्वर फुयाँल, पूर्वसांसद गणेश दुलालले जित निकालेका छन् । फुयालले १ हजार ५१२ मत प्राप्त गर्दा दुलालले १ हजार ४०१ मत प्राप्त गरे । सो क्लस्टरमा रमेश बडालले १ हजार ४६५ मत, प्रेमकुमार पराजुलीले १ हजार ३९५ मत र हरिकृष्ण व्यन्जनकारले १ हजार ३८४ मत सहित निर्वाचन जितेका छन् ।

उक्त पदमा प्रतिस्पर्धा गरेका कृष्णबहादुर राईले ८४१ मत, नवराज सिलवालले १ हजार ४८ मत, सोमप्रसाद मिश्रले ६८४ मत र उद्धव खरेलले ६६६ मत प्राप्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप