निर्वाचन नै अन्तिम विकल्प : अर्थमन्त्री खनाल
सारांश
- अर्थमन्त्री रामेश्वरप्रसाद खनालले निर्वाचन नै राजनीतिक र आर्थिक निकासको अन्तिम विकल्प भएको बताए।
- उनले लुम्बिनी प्रादेशिक अस्पतालको स्तरोन्नति र विस्तारका लागि बजेटको व्यवस्थापनमा सरकार प्रतिबद्ध रहेको बताए।
- रुपन्देही उद्योग संघले स्थापित गरेको उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार प्रकाश आचार्यलाई प्रदान गरियो।
रुपन्देही । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले मुलुकको वर्तमान राजनीतिक र आर्थिक स्थितिको निकासका लागि निर्वाचन नै अन्तिम विकल्प भएको बताएका छन्। रुपन्देहीको तिलोत्तमामा आयोजित १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनीको उद्घाटन गर्दै उनले निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको र यसले नै देशमा स्थायित्व ल्याउने विश्वास व्यक्त गरेका हुन्।
सोही अवसरमा मन्त्री खनालले लुम्बिनी प्रादेशिक अस्पतालको स्तरोन्नति र विस्तार प्रदेशको मात्र नभई राष्ट्रिय गौरवको विषय भएको चर्चा गर्दै यसका लागि बजेट तथा स्रोत व्यवस्थापनमा सरकारले कुनै कसर बाँकी नराख्ने आश्वासन दिए। औद्योगिक प्रदर्शनीले स्थानीय उत्पादनको प्रवर्द्धन र बजार विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने भन्दै उनले निजी क्षेत्रको आत्मविश्वास बढाउन सरकारले कर प्रणालीमा सुधार र प्रक्रियागत सरलीकरण गरिरहेको समेत उल्लेख गरे।
कार्यक्रममा रुपन्देही उद्योग सङ्घ बुटवलद्वारा स्थापित रु ४८ हजार राशिको ‘उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार २०८१’ मेचीकाली राष्ट्रिय दैनिकका पत्रकार प्रकाश आचार्यलाई प्रदान गरिएको छ। मन्त्री खनालले आचार्यलाई पुरस्कार हस्तान्तरण गर्दै औद्योगिक विकासमा सञ्चार क्षेत्रले पुर्याएको योगदानको प्रशंसा गरे। उक्त प्रदर्शनी पुस १७ गतेसम्म सञ्चालन हुने र यसले स्वदेशी उद्यमीहरूलाई प्रविधि र बजारसँग जोड्ने लक्ष्य राखेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण